बजार परिसूचक एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा
सातामा दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यस साता सेयरबजार परिसूचक एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव ४२ विन्दुमा सीमित भएको छ ।यस साता धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ६५ हजार साता सय ३१ पटकको कारोबरमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गतसाताको तुलनामा झण्डै आधाले कम हो ।
गतसाता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार ६७ हजार नौ सय ७८ पटकको कारोबारमा एक करोड ५२ लाख २७ हजार दुई सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब २० करोड ८४ लाख ५७ हजार सात सय ३१ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ओरालो लागेको थियो भने तेस्रो, चौथो र पाँचौँ कार्य दिन बजार परिसूचक उकालो लागेको थियो । दोस्रो कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक २३ दशमलव ८३ अंकले ओरालो लागेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ६० विन्दुमा झरेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
तेस्रो कारोबार दिन भने बजार परिसूचक १५ दशमलव ९२ अंकले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव पाँच विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५४ अंकले उकालो लागेर तीन सय ५८ दशमलव १४ विन्दुमा चढेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक छ दशमलव ४१ अंकले उकालो लागेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ विन्दुले उकालो लागेर तीन सय ५९ दशमलव ५९ विन्दुमा चढेको थियो । पाँचौ कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव २९ अंकले उकालो लागेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ विन्दुले उकालो लागेर तीन सय ६३ दशमलव ४२ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया