जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा सात प्रतिशतले कमी
कुल बीमा शुल्क आर्जन २६ अर्बमा खुम्चियो, १२ वटामा बढ्दा सातवटामा घट्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमा शुुल्क आर्जनमा गिरावट आएको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा २६ अर्ब तीन करोड २७ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा सात दशमलव ५२ प्रतिशतले कम हो । गत आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको समितिको भनाइ छ ।
समितिका अनुसार चालू आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले चार अर्ब ८० करोड ४९ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क र २१ अर्ब २२ करोड ७८ लाख रुपैयाँ नवीकरण शुल्क समेत गरी कुल २६ अर्ब तीन करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । चालू आवको भदौ मसान्तसम्ममा कुल जीवन बीमा कम्पनीहरुमध्ये १२ वटाको कुल बीमा शुल्क आर्जन बढेको छ भने सातवटाको घटेको छ । समितिका अनुसार कुल बीमा शुल्क आर्जन बढेको कम्पनीहरुमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पछिल्लो महिनामा २७ करोड ९२ लाख ५० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव ६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिको महालक्ष्मीको कुल बीमा शुल्क आर्जन २० करोड रुपैयाँ रहेको थियो ।
यसैगरी नेशनल लाइफले पनि कुल बीमा शुल्क आर्जन ३४ दशमलव पाँच प्रतिशतले बढाउन सफल भएको छ । गत आवको भदौ मसान्तसम्ममा २४ करोड १० लाख रुपैयाँबराबरको बीमा शुल्क आर्जन गरेको नेशनल लाइफले चालू आवको भदौ मसान्तसम्ममा तीन अर्ब २३ करोड पाँच लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा उक्त कम्पनीको यस्तो रकम दुई अर्ब ४१ करोड रुपैयाँ थियो । ज्योति, सनलाइफ र सानिमा लाइफले भने चालू आवको भदौ मसान्तसम्ममा क्रमशः ६९ करोड ३२ लाख ५० हजार, ७० करोड ३९ लाख ८० हजार र ३७ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले आर्जन गरेको यो बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा क्रमशः २६ दशमलव पाँच, १७ दशमलव ३३ र १६ दशमलव ३७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यी कम्पनीहरुले क्रमशः ५५ करोड, ६० करोड र ३२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
सूर्या लाइफ, एसियन लाइफ र सिटिजन लाइफले भने २०७९ भदौ मसान्तसम्ममा ९६ करोड ५८ लाख ४० हजार, एक अर्ब २१ करोड ६६ लाख र एक अर्ब छ करोड ४८ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले आर्जन गरेको यो बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा क्रमशः १६ दशमलव ३७, १५ दशमलव ८७ र १० दशमलव २९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यी कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ८३ करोड, एक अर्ब पाँच करोड र ९६ करोड रुपैयाँ थियो ।
समितिका अनुसार आईएमई, युनियन, रिलायन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको भदौ मसान्तसम्ममा क्रमशः ६३ करोड १९ लाख ९० हजार, एक अर्ब ४० करोड छ लाख ७० हजार, ५२ करोड ८५ लाख ३० हजार र सात अर्ब ६२ करोड ५७ लाख ५० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले आर्जन गरेको यो बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा क्रमशः सात दशमलव १२, तीन दशमलव ७५, तीन दशमलव ६३ र शून्य दशमलव शून्य आठ प्रतिशतले बढी हो । समितिका अनुसार गत आवको सोही अवधिमा यी कम्पनीहरुको यस्तो बीमा शुल्क आर्जन रकम क्रमशः ५९ करोड, एक अर्ब ३५ करोड, ५१ करोड र सात अर्ब ६२ करोड रुपैयाँ थियो ।
समितिका अनुसार चालू आवको पछिल्लो अवधिमा मेटलाइफ, प्राइम लाइफ, लाइफ इन्स्योरेन्स कर्पोशन सहितका सात वटा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकम भने गत आवको सोही अवधिको तुलनामा घटेको छ । जसअनुसार मेट लाइफ, प्राइम लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटडले चालू आवको भदौ मसान्तसम्ममा क्रमशः ९२ करोड ९० लाख ४० हजार, ७७ करोड ८० लाख ६० हजार र तीन अर्ब १९ करोड ७५ लाख ३० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले आर्जन गरेको यो बीमा शुल्क रकम गत आवको सोही अवधिको तुलनामा क्रमश शून्य दशमलव १०, शून्य दशमलव २५ र चार दशमलव ८४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यी कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकम ९३ करोड, ७८ करोड र तीन अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी गुराँस लाइफ, रिलायवल नेपाल र प्रभु लाइफको कुल बीमा शुल्क आर्जनमा पनि क्रमश आठ दशमलव ५८, १० दशमलव ५१ र ११ दशमलव ५५ प्रतिशतले कमी आएको छ । सो अनुसार गत आवको भदौं मसान्तसम्ममा क्रमशः ६४ करोड, ६६ करोड र ४५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यी कम्पनीहरुको यस्तो रकम चालू आवको भदौ मसान्तमा भने क्रमश ५८ करोड ५१ लाख ११ हजार, ५९ करोड छ लाख १० हजार र ३९ करोड ८० लाख ४० हजार रुपैयाँमा खुम्चिएको छ ।
समितिका अनुसार चालू आवको भदौ मसान्तसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको कुल बीमा शुल्क आर्जन पनि घटेको छ । संस्थानले चालू आवको भदौ मसान्तसम्ममा ८३ करोड ८८ लाख ९० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ८० दशमलव ६७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा संस्थानको कुल बीमा शुल्क आर्जन रकम चार अर्ब ३४ करोड रुपैयाँ रहेको समितिको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया