माछापुच्छ्रे बैंकको २४औँ वार्षिक साधारणसभा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको शुक्रबार सम्पन्न भएको सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एसएआर एसोसिएट्स लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैंकले आव २०७८/७९ मा एक अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोही अवधिमा बैंकको कुल निक्षेप एक खर्ब ५० अर्ब १० करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा एक खर्ब ३१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यसका साथै गत आव बैंकले आफ्नो लगानी २३ दशमलव आठ प्रतिशतले वृद्धि गरी २४ अर्ब १३ करोड रुपैयाँ पु-याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात एक दशमलव शून्य चार प्रतिशत कायम गर्न सफल भएको छ ।
पहिलो पटक काठमाडौंमा आयोजना भएको बैंकको साधारणसभाले संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यपदमा निर्विरोध निर्वाचित समते गरेको छ । उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु-याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै सेयरधनीहरूलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए । साथै उनले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरूप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकरी गराउँदै बैंक सधै मिनिङफुल मर्जरका लागि सकारात्मक रहेको र सोहीबमोजिम छलफलहरू गर्दै आइरहेको जानकारी गराए ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा एक सय ६५ वटा शाखा, एक सय ५७ शाखारहित बैंकिङ सेवा, दुई सय छवटा एटीएम तथा १० एक्सटेन्सन काउन्टरको माध्यमबाट १४ लाखभन्दा बढी ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनीय सेवा प्रदान गरिरहेको जानकारी गराए साथै उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए । उक्त साधारणसभामा संस्थापक एंव साधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया