महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखालाई सहयोग
काठमाडौं, चैत ३
महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखालाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पी ४ एलईडी सूचना बोर्ड जडान गरी सहयोग गरेको हो । बैंकका अनुुसार उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापालाई हस्तान्तरण गरेका हुुन् ।
महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरूलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी आपराधिक क्रियाकलाप न्यूनीकरणमा मदत गर्ने उद्देश्यसहित बैंकले उक्त उपकरण जडान गर्न सहयोग गरेको जानकारी दिएको छ । बैंकले हाल देशका सबै क्षेत्रमा एक सय दुुईवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया