राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय
काठमाडौं,नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए ।
उनले भने, “आज प्रधानमन्त्रीज्यूले सत्तामा रहेका र सत्ताबाहिर रहेका आठ दलको बैठक बोलाउनुभएको थियो, त्यो बैठकमा एउटै ‘एजेन्डा’ राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा मात्रै छलफल भयो, प्रधानमन्त्रीले ठूलो दलको हैसियतले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा सहयोग गर्ने प्रस्ताव गर्नुभयो, त्यसमा हामीले सहमति जनाएका छौँ ।”
राससका अनुसार व्यक्तिगतरूपमा कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा कांग्रेस पार्टीले नै छनोट गर्ने उनको भनाइ थियो । बैठकपछि प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेता ज्वालाले भने, “आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ, सबै दलहरु मिलेर जाऔँ र राष्ट्रको समृद्धि, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा एकताबद्ध भएर जानुपर्छ, सत्ता समीकरणको विषयमा पनि एकताबद्ध भएर जाऔँ ।”
उपराष्ट्रपतिको निर्वाचनको सवालमा भने कुनै छलफल नभएको उनले जाकारी थिए । आठ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी रहेको थियो ।
निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।
आज बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्युँत्याउने सहमति गरेको थियो । नेकपा (एमाले) ले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो । तर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका थिए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया