काठमाडौं । सेयर बजारको ओरालो यात्राले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै १८ अंकले ओरालो लागेको बजार परिसुचक आज पुन १८ दशमलव १५ अंकले ओरालो लागेर १९ सय १५ दशमलव १४ बिन्दुमा खुम्चिएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९० अंकले ओरालो लागेर तीन सय ६१ दशमलव शुन्य एक बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसबाट २९ हजार छ सय ८५ पटकको कारोबारमा ४३ लाख ४० हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक घटेर ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- बजेटप्रति मन्त्रीकै असन्तुष्टि !
- बजेट कार्यान्वयन चुनौतीपूर्ण: चेम्बर
- बजेटप्रति सेयर लगानीकर्ता असन्तुष्ट
- बैंकिङ क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाइने
- ४४ अर्ब ३२ करोड महसुल उठाउन प्राधिकरणको आलटाल
- धरापमा रविलाई आईजीपी कुँवरले दिएको अग्रीम ‘क्लिन चिट’
- नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) को सरुवा
- कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया