काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका छन् । कोभिड–१९ को महामारी र रुस–युक्रेन युद्धको कारण विश्वको साथै नेपालको अर्थतन्त्र पनि संकटतर्फ गइरहेको छ । यही संकटको अर्थतन्त्र सुधार्ने चुनौती लिएर महत अर्थमन्त्री बनेका हुन् । मन्त्री भइसकेको अनुभव भए पनि महतसँग अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव भने छैन । यद्यपि अर्थशास्त्रका विद्यार्थी भएको कारण उनीबाट अर्थतन्त्र सुधार्न केही उपाय निस्किने धेरैले अपेक्षा गरेका छन् । युवराज खतिवडापछि अर्थशास्त्रको ज्ञान भएको व्यक्ति अर्थमन्त्री बनेका महत नै पहिलो व्यक्ति हुन् ।
शुक्रबार पदबहालपछि अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका थिए ।
‘हामीले आत्मविश्वास बढाउनुपर्नेछ । अहिलेको निराशालाई आशामा बदल्नु छ । त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका रहन्छ । नेपाल राष्ट्र बैंकलगायत सबै निकाय र कर्मचारीको सहयोग चाहिन्छ । हामी गर्न सक्छौँ (वि क्यान डु इट) भन्ने भावनाले काम गरौँ’, पदबहाल कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘सकारात्मक आत्मविश्वास जगाउन सके अर्थतन्त्रमा विस्तारै सुधारका सङ्केत देखिनेछ ।’
लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्किँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका रहनुपर्ने बताएका थिए ।
‘अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिकाबाटै समस्या समाधान गर्ने हो । हामीले नतिजामा आधारित भएर काम गरौँ । हाम्रो मूल्याङ्कन पनि त्यसरी नै हुन्छ । अहिले आफ्ना लागि सोच्नेभन्दा पनि देश र जनताका लागि सोच्नुपर्ने बेला छ’, अर्थमन्त्री महतले भने । अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय भएर मात्र नतिजा निकाल्न नसकिने बताउँदै उनले समग्र राज्य संयन्त्र नै एकाकार भएर लाग्नुपर्ने बताए ।
मुलुकमा लगानीको वातावरण बिग्रिँदै गएको र उत्पादनको लागत महँगो भएको उल्लेख गर्दै उनले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताएका थिए । अर्थमन्त्री महतले सार्वजनिक खर्चमा मितव्ययितासँगै योजना र कार्यक्रमको प्राथमिकीकरण गर्न आफू तयार रहेको बताएका थिए । सार्वजनिक खर्च कटौती गर्नुपर्ने र पुँजीगत खर्चमा पनि आवश्यकता निर्धारण गरेर बजेट खर्च व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।
राजस्व व्यवस्थापन अहिले अर्थतन्त्रको चुनौती रहेकाले त्यसलाई पनि आफूले सुधार गर्ने अर्थमन्त्री महतको भनाइ छ । भन्सार सीमा नाकाबाट भइरहेको चोरी पैठारी नियन्त्रण र अर्थतन्त्र चलायमान बनाएर करको दायरा विस्तार हुनसके लक्ष्यअनुसार राजस्व उठ्ने उनको जिकिर छ । ‘आर्थिक गतिविधि बढेसँगै राजस्व पनि बढ्छ । राजस्व अनावश्यक उठाएर करदातालाई बढी कर लगाउनभन्दा करको दायरा बढाउनेतर्फ हामी केन्द्रित हुन्छौँ । भन्सार नाकामा हुने चोरी पैठारी नियन्त्रणका लागि हाम्रा संयन्त्र परिचालन गर्न आवश्यक छ’, उनले भने । बाह्य क्षेत्रको असन्तुलन बढिरहँदा अन्तर्राष्ट्रिय द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग पनि पर्याप्त छलफल र समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया