मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा महेन्द्रबहादुर पाण्डे
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा जिम्मेवारी लिएका छन् । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो ।
सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा रु. ४० हजार र प्रदेशस्तरमा रु. सात हजारका दरले दिइने फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिए । उक्त तीनवटै पुरस्कार जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने फाउण्डेशनका सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया