सनराइज बैंकद्वारा सिपमूलक तालिम प्रदान
काठमाडौं । सनराइज बैंकले सिपमूलक तालिम प्रदान गरेको छ । बैंकले सुर्खेतको वीरन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादनसम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको बैंकले जानकारी दिएको छ । स्थानीय तहमा सुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको बैंकको भनाइ छ । बैंकका अनुसार यही जेठ आठ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरूको सहभागितामा पाँच दिने दुग्ध उत्पादनसम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर–२ का कार्यबाहक वडाध्यक्ष गजबहादुर बुढा, विशिष्ट अतिथि सनराइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्मकुमार विष्ट, बैंकका प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्दनगर शाखाका शाखा प्रमुख सुष्मा गिरीको उपस्थिति रहेको थियो । पाँच दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत महिलाहरूलाई विभिन्न सिपमूलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुशासन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको बैंकको भनाइ छ । सिपमूलक तालिमले महिला कृषकहरूमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया