खारेज भएका ऐजन्टबाट विदेश पठाउने भन्दै करोडौं ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा एजेन्टमार्फत हुने ठगी रोकिएको छैन । श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै एजेन्टहरूले अहिले पनि करोडौँ रकम ठगी गर्नेगरेका छन् । सरकारले वैदेशिक रोजगारीको लागि एजेन्ट राख्न नपाउने निर्णय गरी त्यसलाई कार्यान्वयनमा ल्याउँदा पनि एजेन्टबाट हुने ठगी रोकिएको पाइँदैन । चालू आर्थिक वर्षमा विदेश पठाउने नाममा श्रमिकहरूमार्फत करिब ७६ करोड रुपैयाँ ठगी भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा श्रमिकहरूमार्फत विदेश पठाउने नाममा ७५ करोड ७८ लाख रुपैयाँ ठगी भएको छ । ठगी गर्नेमा मेनपावर, वैदेशिक रोजगारीबाट फर्केका श्रमिक, विदेशमा रहेका श्रमिकलगायत ऐजन्टहरूको संख्या ठूलो रहेको विभागका अधिकारीहरू बताउँछन् । मेनपावरले भने वैधानिकरूपमा एजेन्टको खारेजी गरे पनि ठगी गर्ने उद्देश्य लिएका व्यक्तिहरूले आफू विभिन्न संस्था तथा व्यक्तिको एजेन्ट भएको भन्दै विदेश जान चाहने युवाहरूलाई ठगी गर्ने गरेको भेटिएको विभागले जनाएको छ । पीडितहरूले आफूहरू ठगीमा परेको भन्दै विभागमा उजुरी दिएका छन् । दर्ता भएका उजुरीमध्ये व्यक्तिगत उजुरी बढी रहेको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा भएको ठगी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ करोड ५४ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ३१ करोड २३ लाख रुपैयाँ ठगी भएको थियो । यसअघि मेनपवार र वैधानिक एजेन्टले ठगी गर्दै आएकोमा पछिल्लो समय सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने व्यक्ति तथा समूह बढेका छन् । मुलुकमा पर्याप्त रोजगारी नहुँदा तथा वैदेशिक रोजगारीमा आकर्षक कमाइ सुविधा देखेर जो–कोहीलाई विश्वास गर्दा श्रमिकहरू ठगीमा पर्नेगरेका छन् । यही प्रवृत्ति रोक्न सरकारले एजेन्ट खारेजी गरे पनि उनीहरूमार्फत नै बढी ठगी भएको उजुरी विभागमा परेको हो ।
चालू आर्थिक वर्षको चार महिनामा भने संस्थागत उजुरीमा चार करोड ८७ लाख ३२ हजार रुपैयाँ र व्यक्तिगत उजुरीमा ७६ करोड नौ लाख ८३ हजार रुपैयाँ ठगी भएको भन्दै दाबी गरिएको थियो । चार महिनाको अवधिमा एक हजार तीन सय ४० वटा उजुरी विभागसमक्ष परेको छ । जसमा संस्थागत तीन सय ४० वटा र व्यक्तिगत एक हजारवटा उजुरी परेको थियो । पीडितहरू उजुरी लिएर विभागसमक्ष आएसँगै त्यसको फरफारक गर्ने गरिन्छ । सोही क्रममा चालू आर्थिक वर्षको फागुनसम्मा नौ सय २५ वटामध्ये एक सय ३५ वटा उजुरी फरफारक गरिएको छ । फरफारक गरिएको उजुरीबाट नौ करोड ४३ लाख रुपैयाँ पीडितलाई प्रदान गरिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा विदेश पठाउने भन्दै ५८ करोड ८३ लाखभन्दा बढी रकम ठगी भएको दाबी गरिएको छ । जसमा संस्थागततर्फ करिब १५ करोड ५५ लाख रुपैयाँ र व्यक्तिगततर्फ ४१ करोड ४१ लाख रुपैयाँ मागदाबीसहित उजुरी परेको थियो । व्यक्ति तथा ऐजन्टहरूले विदेश पठाउने भन्दै आफूखशी विभिन्न होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतका स्थानमा अन्तरवार्ता, छनौटलगायतका कामहरू गरी श्रमिकहरूलाई आश्वसत पार्नेगरेका छन् । जब विदेश पठाउने नाममा रकम लिन्छन् त्यसपछि बेपत्ता हुने उनीहरूको परिपाटी रहेको अधिकारीहरूको भनाइ रहेको छ । सरकारले ठगी नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरे पनि ती कार्यक्रमहरू प्रभावकारी हुन नसक्दा ठगी रोकिन सकेको छैन । ठगीमा कमी गर्न सकिने तर शून्य गर्न भने ज्यादै कठिन रहेको उनीहरूको भनाइ छ । विभगामा व्यक्तिगत र संस्थागत गरी दुई प्रकारका उजुरी आउने गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया