काठमाडौं, नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले दशैंका लागि ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियान ल्याएको छ ।
अभियानमार्फत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँ सम्मको पुरस्कार पाउनेछन् । साथै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ । अभियानको विशेष आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्र सिंह ऐरीसँग भेट्ने अवसरसमेत रहेको छ । अभियानअन्तर्गत छनौट भएका विजेताले यी च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् । साथै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याएको छ ।
यसमा सहभागीहरूले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनौट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन् । सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्नेछन् ।