नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख उमाप्रसाद चतुर्वेदीलाई जागिरे जीवनको उत्तरार्धमा उचाल्न नसक्ने भारीको थिचाइले झण्डै किचेको अवस्था छ । गुप्तचरबाट जागिरे जीवन सुरु गरेका चतुर्वेदी तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको विश्वासपात्र मानिन्थे र उनकै कारण जागिर र जागिर अदलीबदलीको सुविधा पाएर यहाँसम्म आइपुगेका हुन् ।
उनी खड्काले भक्तपुरमा आफ्नो लगानीमा जग्गा किनेर चतुर्वेदीको नाममा राखेका थिए ।
सम्पत्ति शुद्धीकरणको प्रक्रिया थालनी हुँदा कुनै पनि बेला समस्यामा पर्न सक्ने चतुर्वेदी जागिरे जीवनमा सधैँं हाईहाई थिए । तर गत शुक्रबार सीआईबीले ई–बिलिङ ह्याकिङमा हाइ हिमालयन हाइड्रो कन्स्ट्रक्टका अध्यक्ष किरण मल्ल, नारायण प्रसाद सितुर्खे, भक्त बहादुर लामा, रितु बहादुर कार्की, विष्णुमान लामा, गंगाबहादुर सिलवाल, धु्रब खनाल र स्वदेश पोख्रेल पक्राउ परेका थिए । त्यही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे र आशिका निर्माण सेवाका ऋषिकेश गौली यसअघि नै पक्राउ परेर धरौटीमा छुटेका थिए ।
शुक्रबार पक्राउ परेर धरौटीमा छुटेका थिए । शुक्रबार पक्राउ परेका किरण मल्ललगायतका आठै जना ह्याकर ठेकेदारहरू पनि मंगलबार छुटेका छन् । सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार अदालतको आदेशमा उनीहरू थुनामुक्त भएका हुन् । साइबर ब्युरोका प्रवक्ता दीपक राज अवस्थीले पनि त्यसलाई पुष्टि गरेका छन् । ई–बिलिङ ह्याकिङ गरेको आरोपमा आर्मेनियाको महावाणिज्य दूत समेत रहेका ठेकेदार मल्ललगायत आठ जनालाई पक्राउ गर्दा सीआईबीले निकै ठूलो सफलता हात पारेको छानेको थियो र त्यही रुपमा प्रचारबाजी पनि गरेको थियो ।
उनीहरूलाई पक्राउ गर्दा नै साइत हेरेरजस्तै दबाबमा पनि आइतबारसम्म विदामा थुन्न पाइने समय मिलाएर पक्राउ गरेको थियो तर आइतबार हुन नपाउँदै पक्राउ परेका व्यक्तिहरूमध्येका किरण मल्ल अहिलेको शासन सत्ताका अत्यन्त बलियो पात्रमध्येका एक जना भएको खुलेपछि सीआईबी प्रमुख चतुर्वेदीको होस गुम भएको थियो । पक्राउ परेका मल्ल नेपालगंज निवासी ठेकेदार हुन् । यति मात्र होइन कि उनी यादव कुँवरका सम्धी हुन् । कुँवरलाई खेख्नेबित्तिकै हिजो आज जंगी अड्डातिर बर्दीविनाको जर्नेल भनेर सेनाका हाकिमहरू कानेखुसी गर्ने गर्दछन् । त्यसो गर्नुको कारण के हो भने उनी नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देका सम्धी हुन् ।
कुँवरका दुई सम्धीमध्ये एक जना सिग्देल हुन् भने अका सम्धी किरण मल्ल हुन् । त्यही कारण उनको गिरफ्तारी सीआईबी प्रमुख चनुर्वेदीका लागि बोकी नसक्नुका भारी बन्न पुगेको थियो । सात महिनाको बाँकी जागिरे जीवनमा दिन गन्ती गरेर चाँदी कटाई गर्न सीआईबी पुगेका चतुर्वेदीका लागि मल्ललाई पक्राउ गरिएको घटना नराम्ररी दाँतमा ढुंगा लागेसरह भएको छ । मल्ल कति शक्तिशाली व्यक्ति हुन् भन्ने कुरा उनी पक्राउ परेलगत्तै अस्पतालमा राखेर अदालती आदेशपछि सुरुक्क छाड्नुपर्दाको अवस्थाले पनि देखाउँछ । हो कि होइन कसैलाई थाहा छैन तर अहिलेको बालेन सत्ताले आफूलाई सेनाको संरक्षक रहेको जनतामा भान पर्न सोसल मिडियाको दुरुपयोग गरिरहेको अवस्थामा प्रधान सेनापति सिग्देलको नातेदार मल्लको गिरफ्तारी प्रहरीका लागि कम चारीको विषय हुने कुरै भएन ।
यहाँसम्म कि ठेकेदार मल्लक कति शक्तिशाली हुन् भन्ने कुरा सिराहामा धार्मिक दंगा भएर सेनाले सिभिल जवानको घेराभित्र राखेर गृहमन्त्री सुधन गुरुङलाई गोलबजारमा उतार्दा प्रधान सेनापति सिग्देल सम्धी यादव कुँवर र किरण मल्लाई लिएर परामर्शका लागि चित्लाङ पुगेका थिए । त्यहीबाट कप्तानगंजबाट सुरु भएको हिन्दु धर्मालम्बीहरूमाथिको मुस्लिम अतिवादीको सांघातिक आक्रमण र दंग दबाउने मिसन चलेको थियो । कमाउने ठाउँ खोज्दै लामो हात गर्न खोज्दा सीआईबी प्रमुख चतुर्वेदी यसरी झण्डै बाँघको मुखमा परेको थिए तर हाललाई त्यहाँबाट बल्ल तल्ल बाहिर निस्किएका छन् ।
सीआईबी प्रमुख चतुर्वेदीले विवादस्पद व्यवसायी अजेयराज सुमार्गीजस्ता व्यापारीहरूलाई समातेजस्तै फु्रटफुल हुने आकलन गरेर किरण मल्ल र उनको समूहलाई समाउने योजनाबद्ध सोच बनाएर उक्त कदम चालेका थिए । अहिले अदालतको आदेशले उनको फेससेभिङ भएको छ तर त्यो गिरफ्तारीको घाउ यति गहिरो र प्रतिशोधपूर्ण हुने लक्षण छ कि त्यसबाट सजिलै उम्कने सम्भावना निकै कम रहेको छ । किनकि चतुर्वेदी यसअघि नै अख्तियार धाइरहेका व्यक्ति हुन् । उनलाई यसअघि अख्तियारले तीन पटक डामिसकेको छ र नौ पटक बयान लिइसकेको छ ।
अख्तियारका सुरेश ढुंगानाले खारेज गरेको उनीविरुद्धको फाइल अलिहे पनि ज्यूँका त्यूँ रहेको बताइएको छ । कुँवरका सम्धी मल्लको गिरफ्तारी अहिले उनका लागि बोक्न नसक्ने भारीले किचेको जस्तो अवस्था हुने सम्भावना बढ्दै गएको छ । चार दिन थुनामा राखेर मंगलबार अदालतको आदेशमा मल्ल थुनामुक्त भए पनि मन शान्तचाहिँ हुन नसकेको बताइएको छ ।