काठमाडौं, इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरेका छन् । मोबाइलबाटै सहज रूपमा पूरा गर्न सकिने गरी तयार गरिएको यो अनलाइन कोर्सले ड्राइभर पार्टनरलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न, यात्रुसँग व्यावसायिक व्यवहार कायम राख्न तथा यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिलाई प्रभावकारी रूपमा सम्हाल्न आवश्यक व्यावहारिक जानकारी प्रदान गरेको थियो ।
कोर्स पूरा गरेकाहरूले इनड्राइभबाट डिजिटल प्रमाणपत्र प्राप्त गरिसकेका छन् । करिब २० मिनेटमा पूरा गर्न सकिने गरी तयार गरिएको कोर्समा मुख्यतः अन–प्ल्याटफर्म सुरक्षा तथा व्यावसायिक सीमाहरू, राइड–हेलिङ सेवाका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान तथा आपतकालीन अवस्था, रिपोर्टिङ र एसओएस सुविधाको प्रयोगसम्बन्धी विषय समेटिएका छन् । इनड्राइभले ड्राइभर पार्टनरको सुरक्षा र व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता व्यावहारिक तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।