काठमाडौं, ट्राभल एप ट्रिप टर्बोले ‘ट्राभल मेला २०२६’ सुरु गरेको छ । कम्पनीले आईतबारदेखी अक्टोबर ३१ सम्म उक्त मेला सञ्चालनमा ल्याएको हो । यस अभियानमा हवाई उडान, होटल, बस टिकट तथा विभिन्न ट्राभल र एडभेन्चर गतिविधिमा छुट, रिवार्ड तथा गिभअवे समावेश गरिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान जित्ने अवसर राखिएको छ । यसबाहेक बुद्ध एयरको माउन्टेन फ्लाइटसहित विभिन्न घरेलु उडान तथा ट्राभल अनुभवका टिकट पनि गिभअवेमा समावेश गरिएको छ ।
कम्पनीका अनुसार ग्राहकले पहिलो आन्तरिक उडान बुकिङमा दुई सय रुपैयाँ छुट पाउनेछन् । त्यसपछिका आन्तरिक उडान बुकिङमा तोकिएको प्रोमो कोड प्रयोग गरी एक सय ५० रुपैयाँ छुट तथा बस टिकटमा ७० रुपैयाँ छुट उपलब्ध हुनेछ । अभियान अवधिमा साप्ताहिक ‘फ्ल्यास सेल’मार्फत सीमित ग्राहकलाई आन्तरिक उडानमा तीन सय रुपैयाँसम्म र बस टिकटमा एक सय रुपैयाँसम्म छुट दिइनेछ । अभियानमा विभिन्न होटल तथा एडभेन्चर पार्टनरका स्टे र गतिविधि पनि समावेश छन् । कम्पनीका अनुसार सहभागी गतिविधिमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । ट्रिप टर्बोले अन्तर्राष्ट्रिय होटल बुकिङका लागि विश्वभरका ६० लाखभन्दा बढी होटलमा पहुँच उपलब्ध गराउँदै आएको जनाएको छ । ग्राहकले नेपाली रुपैयाँमा भुक्तानी गरी अन्तर्राष्ट्रिय होटल बुकिङ गर्न सक्ने कम्पनीको भनाइ छ ।
ट्रिप टर्बोका संस्थापक शिखेर प्रसाईंले ट्राभल मेलामार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल, बस टिकट, गतिविधि र अन्य ट्राभल अनुभवलाई एउटै अभियानमा समेटिएको बताए । अभियानमा ट्रिप टर्बोको ‘टीटी क्वाइन’ प्रयोग गरी विभिन्न ट्राभल तथा एडभेन्चर सेवामा छुट लिन सकिने व्यवस्था पनि गरिएको छ । कम्पनीका अनुसार टीटी क्वाईन प्रयोग गरेर केही साझेदारका उत्पादन तथा सेवामा ५६० रुपैयाँसम्मको छुट भौचर प्राप्त गर्न सकिनेछ । लक्की ड्रमा सहभागी हुन ट्रिप टर्बोमार्फत फ्लाइट, अन्तर्राष्ट्रिय होटल, बस वा गतिविधिमध्ये कुनै पनि बुकिङ गर्नुपर्ने कम्पनीले जनाएको छ ।