काठमाडौं, सामसङ नेपालले दशैँ–तिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्सका लागि विशेष अफर सार्वजनिक गरेको छ ।कम्पनीले ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नामक अफर ल्याएको हो । यस अफरअन्तर्गत कम्पनीले लक्की ड्र, क्यासब्याक, एक्सचेन्ज बोनस तथा निश्चित उपहारको व्यवस्था गरेको जनाएको छ । कम्पनीका अनुसार अफर २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म लागू हुनेछ ।
यस अवधिमा सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । लक्की ड्रअन्तर्गत दैनिक ३१ जना विजेता छनोट गरिनेछ । टिभी खरिद गर्ने ग्राहकले ९ केजी फ्रन्टलोड वासिङ मेसिन तथा वासिङ मेसिन, रेफ्रिजेरेटर वा एसी खरिद गर्ने ग्राहकले ५५ इन्चको टिभी पुरस्कार पाउने अवसर रहेको कम्पनीले जनाएको छ । यस्तै, साप्ताहिक रूपमा ८ जना विजेताले १ टन क्षमताको एसी पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले अभियान अवधिमा तोकिएका सामसङका उत्पादन खरिद गरी उत्पादनको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर ३७२७३ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस पठाएपछि ग्राहकले सहभागिताको पुष्टि प्राप्त गर्नेछन् ।
विजेताको घोषणा हरेक बुधबार कम्पनीले तोकेको टेलिभिजन कार्यक्रममार्फत गरिनेछ । विजेताको सूची सामसङ नेपाल र ब्रान्डको डिजिटल प्लेटफर्ममा समेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । अफरअन्तर्गत विभिन्न उत्पादनमा क्यासब्याक र एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । टिभीमा अधिकतम २६ प्रतिशतसम्म क्यासब्याक, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक तथा ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक तथा ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
छनोट गरिएका टिभी मोडलमा निःशुल्क साउन्डबार तथा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेजको सुविधा पनि रहेको छ । त्यस्तै, छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । सामसङले किस्ताबन्दीमा उपकरण खरिद गर्न सकिने सुविधा पनि उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार ग्राहकले १२ वा २४ महिनाको ईएमआई योजनामार्फत उत्पादन खरिद गर्न सक्नेछन् । पुराना उपकरण साटेर नयाँ सामसङ होम अप्लायन्स खरिद गर्न एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।