काठमाडौं, यामाहा नेपालले चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ को ग्रान्ड प्राइज विजेता घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख तीन हजार रुपैयाँको नगद पुरस्कार पजतेकी छिन् ।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाईव्रिड खरिद गरेकी थिइन् । सोही खरिदमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन् । यस जितले यामाहाले ग्राहकलाई केवल राइडिङको अनुभवमा मात्र सीमित नराखी थप मूल्य र पुरस्कार प्रदान गर्दै यामाहा स्वामित्वको खुसीलाई अझ विशेष र यादगार बनाउने प्रतिबद्धता झल्काएको कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार यामाहाको चाडपर्वको उत्साह अझै जारी छ । ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्राहकहरूले अझै पनि यामाहा खरिदमार्फत सहभागी भई आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । अझै पनि १० लाख रुपैयाँसम्म जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।