बारा, कलैया उपमहानगरपालिका–६ माछा बजारस्थित गेट ग्रिल पसलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही पसलमा काम गर्ने सोही उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय राजन कुमार साह समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।