काठमाडौँ, हालैको बाढी प्रभावित नागरिक स्वास्थ्य उपचारमा सहयोगका लागि आर्या फार्माल्यावले नेपाल सरकारलाई आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।
आर्या फार्माल्यावले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ५१ हजार रुपैयाँ मूल्य बराबरको औषधिहरू उपलब्ध गराएको हो । साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक रहेको खण्डमा कम्पनीले उपचारमा आवश्यक उपकरण तथा औषधिहरू सहयोग स्वरुप उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।
विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।