काठमाडौं, कामना सेवा विकास बैंक लिमिटेडले आव २०८२/०८३ को संचित नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा नौ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (करसमेत) घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद गरी जम्मा १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको यही साउन २२ गते बसेको सञ्चालक समितिको चार सय १९औं बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव घोषणा गरेको बैंकले जानकारी दिएको छ ।