काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५ सय रूपैयाँसहित चिनियाँ नागरिक गुंग यागसमेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज १ च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त नगद फेला पारी स्कारपियोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।