काठमाडौं, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ कपन आनिगुम्बास्थित शिव बहादुर विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने संखुवासभा घर भएका ५६ वर्षीय आङ्देवा शेर्पासमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ३ सय ९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाइड बस्ने ५० वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्रसमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७० नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँ र १ सय ५६ पत्ति तास सहित पक्राउ गरेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–३१ भाटामुल बस्ने ४० वर्षीया ललिता ज्वार्चनको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितासमेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ७ सय ६० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१ भृकुटीपथ नजिकै भारत हाउडा शिवडा घर भएका ४० वर्षीय सुजित खन्राले भाडामा लिएको सटरमा जुवातास खेलिरहेको अवस्थामा सुजितसमेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।