काठमाडौं, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका–१२ घर भएकी ३६ वर्षीया सावित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सावित्रासमेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङसमेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।