काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १६ दशमलव २९ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको पाँचौं कारोबार दिन आज शुक्रबार १२ दशमलव ९६ अंकले उकालो लागेर २६ सय ८५ दशमलव ५४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४४ अंकले उकालो लागेर चार सय ७० दशमलव १३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३७ वटा कम्पनीहरुको ४६ हजार सात सय ५२ पटकको कारोबारमा ८८ लाख ५१ हजार दुई सय १६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार तीन सय ४० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा र व्यापार उपसमुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।