काठमाडौं । ठूला लगानीकर्ताहरू प्राथमिक सेयरमा बुक बिल्डिङ विधिलाई अगादी सारेर १० कित्ते नीति हटाउने डाउमा रहेको छन । १० कित्ते नीतिमा पनि ठूला लगानीकर्ताहरूको वर्चस्र्व कायम जमाउने डाउमा रहेका छन् भन्दा पनि फरक नपर्ला । त्यसोत बुक बिल्डिङ विधिबाट आईपीओ सेयरबर जारी गर्न राम्रो हो तर १० कित्ते नीतिलार्ई हटाउन पनि त उपुयक्त हँुन्दैन नि दुवै विधिलार्ई कायम गर्नुपर्ने देखिन्छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा कम्पनी र संस्थागत लगानीकर्तारु बीच मिलोमतमा चलखेल हुेने गरेको जानकारहरू बताउँछन् । सबै कम्पनीका प्राथमिक सेयरहरू बुक बिल्डिङबाट जारी गरेमा वा भएमा साना लगानीकर्ताहरू प्राथमिकमा पहुँच नहुने देखिन्छ । प्राथमिक सेयरमा पनि ठूलाबडा लगानीकर्ताहरूको मात्र वर्चस्व रहने देखिन्छ । पछिल्लो समयमा केही ठूलाबडा लगानीकर्ताहरू १० कित्ते नीतिलार्ई हटाउनमा लागी परेका देखिन्छ । त्यसोत सेबोनले प्राथमिक सेयर निष्कासनमा विद्यमान १० कित्ते नीतिलार्ई पुनरावलोकन गर्ने परिमार्जित गनुपर्ने त देखिन्छ नै । यसलार्ई हटाउने होइन कि यसलार्ई परिमार्जित गर्नुपर्ने देखिन्छ । कतिपयले यसलाई पुनरावलोकन गर्न लागेको भने किन परिमार्जित गर्नुपर्यो भनेर पनि भन्ने गरिरहेका छन् ।
१० कित्ते नीतिको हटाउन आवश्यक छैन तर पुनरावलोकन गर्ने बेला भने भएको छ । कतिपयको भनाइमा किन गर्न प¥यो पुनरावलोकन ? के अब प्राथमिक सेयरबजारमा पनि ठूला बडा लगानीकर्ताहरूको वर्चस्व कायम गराउनको लागि हो ? के साना र कम आय भएका लगानीकर्ताले आईपीओ सेयरमा लगानी गर्न नपाउने ? कम्पनीहरूको हिस्सेदार बन्न नपाउने त? साना साना पँुजी भएकाहरूलाई सेयरबजारबाट बन्चित गर्न खोजेको हो त ? के साना साना लगानी गर्ने लगानीकर्ताहरू पँुजी बजारमा प्रवेश गर्न नपाउने कम्पनीहरूको सेयरधनी बन्न नपाउने । के ठूला बडा लगानीकर्ताहरू आफू मात्र सेयरधनि बन्ने आफूहरूले मात्र सेयरमा लगानी गर्ने मनसाय होे त ? के त सेबोनले पनि सानासाना लगानीकर्ताहरूले सेयरबजारमा प्रवेश नगरोस् भन्ने चाहेको हो त ? भनेर पनि भन्ने गरेका छन् । प्राथमिक निष्कासनको सेयरमा साना ठूला सबै लगानीकर्ताहरूले समान सेयर पाओस् भन्न नचाहेको हो त ? के १० कित्ते नीतिले सेयरबजारमा नेप्सेमा प्रभाव पार्न सक्छ र के १० कित्ते नीति हटाएपछि नेप्से माथि जान्छ त ? पछिल्लो समयमा नेप्से घट्यो भने पनि १० कित्ते नीतिले गर्दा हो भनेर भन्ने गरेका छन् ।
के १० कित्ता सेयर भएकाहरूले नेप्सेलाई तलमाथि गर्न सक्छ त ? बजारलाई उचाल्ने पछार्ने भनेको ठूलाबडा लगानीकर्ताहरूले हो । सानासाना लगानीकर्ताहरूले होइन । १० कित्ते नीतिले सानासाना लगानीकर्ताहरूदेखि फुटपाथमा व्यापार गर्नेहरूदेखि स्कुल कलेजका विधार्थीहरू र महिला गृहिणीहरूको समेत आकर्षण बढेको देखिन्छ । यस्तो नीतिलाई किन पुनरावलोकन गर्ने किन हटाउने ? कतिपयको भनाइमा त सेयरबजार केही ठूलाठूला सेयर लगानीकर्ताहरूको गोजिमा रहेको पनि बताउँछन् भुक्तभोगीहरू। १० कित्ते नीति हटाउन ठूलाबडा लगानीकर्ताहरूको दबाब रहेको बताउँछन् जानकारहरू ।हाल प्राथमिक सेयर जारी गर्दाकोे अवस्थामा लगानीकर्ताहरूले न्युनतम १० कित्ता सेयर खरिदको लागि आवेदन दिन पाउने र सबैले १० कित्ता सेयर दिनुपर्ने नियम रहेका छन् । यसबाट साना लगानीकर्ताहरूको पहुच सेयरबजारसम्म पुगेको छ भन्दा पनि फरक नहोला । यसले सानासाना पुँजी भएकाहरूलाई पनि ठूला ठूला कम्पनीहरको सेयर किन्न सकिने भएका छन् ।
यसकारणले २०७५ साल चैत्रदेखि १० कित्ते नीति लागू गरेको देखिन्छ । तर यसमा विकृति बढ्यो भनेर एकथरिले हल्ला फिँजाइरहेका छन् र यसलाई हटाउनको लागि सेबोनलाई दबाब दिने गरेको चर्चा छ । त्यसो भिष्मराज ढुंगाना सेबोनको अध्यक्ष भएदेखि नै १० कित्ते नीतिलाई पुनरावलोकन गर्ने भनेर भन्ने गरेको थियो । अहिले केही ठूलाबडा लगानीकर्ताहरू १० कित्ते नीति हटाउनुपर्छ भनेर भन्ने गरिरहेका छन् । केही गरी १० कित्ते नीति हटाएमा प्राथमिक बजार पनि ठूलाबडा लगानीकर्ताहरूको पोल्टामा जाने देखिन्छ भने साना लगानीकर्ताहरू सेयरबजारको पहुँचबाट बाहिरिने देखिन्छ । १० कित्ते नीतिले आईपीओ सेयर खरिद गर्न एक हजार रुपैयाँ मात्र भए पुग्ने भएकोले साना लगानीकर्ताहरू कम पँुजी भएकाहरूलाई सेयरमा लगानी गर्नलाई सजिलो भएको छ । यसले प्राथमिक सेयरबजारमा लगानीकर्ताहरूको पहँुच बढेको कारणले पछिल्लो समयमा प्रागमिक बजारका लगानीकर्ताहरू ह्वात्तै बढेको छ भने डिम्याट खाता खोल्नेहरू पनि ८० लाखको हाराहारीमा भइसकेको सरोकारवालाहरू बताउँछन् ।
प्राथमिक बजारमा लगानीकर्ताहरू बढेसँगै १० कित्ते नीतिले बजारमा विकृति बढेको बोरा प्रवृति बढेको हल्ला चलाई प्राथमिक बजारलाई ठूला लगानीकर्ताहरूको पोल्टामा पार्ने चलखेल गरेको र सेबोनलाई समेत दबाबमा पारेको चर्चा छ । यदि १० कित्ता नीति नभएको भए पछिल्लो समयमा जारी भएको गरेको आईपीओको इतिहासमा नै सबभन्दा बढी कित्ता जारी भएको नेपाल इन्फ«ास्टक्चर बैंकको आईपीओ नेपाल पुर्नबीमा कम्पनीको हिमालय रि इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया लघुवित्त जस्तोको आईपीओ सेयर आवेदन दिने सबैको हातमा पर्ने थिएन होला । धेरैजसो सेयर ठूला लगानीकर्ताहरूको पोल्टामा पर्ने थियो होला, यसले गर्दा पनि १० कित्ते नीतिले विकृति बढायो भनेर हल्ला गरेर यसलाई हटाउन चलखेल गरेका हुन् कि । त्यसोत १० कित्ता नीति हटाउने चर्चा चलिरहँदा पनि लगानीकर्ताहरूको हक हित र अधिकारको लागि भनेर स्थापना भएका लगानीकर्ताहरूको संघहरू मौन छन् मुखमा लड्डु थुसेर बसेका छन् । उनीहरूको भनाइ सार्वजनिक भएका छैनन् ।
१० कित्ता नीतिले विकृति बढायो । अरुको नागरिकता जम्मा गरेर एकै जनाले धेरै जनाको आईपीओ भर्ने गरेका छन् भनेर भनिरहँदा पनि पछिल्लो समयमा एकै परिवारको सबैजसो सदस्यहरुको आईपीओ भर्ने प्रवृति भने बढेको छ । विगतमा भए आफ्नो मात्र आईपीओ भर्ने गरेकोमा पछिल्लो समयमा भने आफ्नो परिवारका सबै सदस्यहरको आईपीओ भर्ने गरेको देखिन्छ यसलाई विकृति भन्ने हो भने त ! आफ्नो परिवारको सदस्यहरूको नामबाट आईपीओ भर्नेलाई स्वभाविक मान्ने कि विकृति ? त्यसोत पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरू बढेसँगै सबैले १० कित्ता सेयर पाउने भने पनि आवेदनमा माग गरेभन्दा पनि धेरै गुणाले बढी आवेदन पर्ने भएकोले गोलाप्रथा गर्नुपर्ने भएको छ । यसले सबै आवेदकहरूले सेयर नपाउने भएका पनि छन् ।
त्यसोत विगतमा ठूला लगानीकर्ताहरूले धेरै सेयर पाउने र साना लगानीकर्ताहरूले कम सेयर पाउने अवस्था थियो भने धेरै सेयर कित्ता आवेदन दिनलाई समानुपातिकमा सेयर दिने पनि गरिन्थ्यो । तर १० कित्ते नीतिले सबैले बराबर सेयर पाउने भएको छ । यसले पनि ठूलाबडा लगानीकर्ताहरूको पेट दुखेको हुन सक्छ । तर पनि अबको दिनमा १० कित्ते नीतिलाई हटाएर विगतको जस्तो प्रणालि लागू गर्ने चर्चा चलेका छन् । त्यसोत नीति नियम नआएसम्म केही भन्ने अवस्था पनि छैन तर पनि धेरैजसो लगानीकर्ताहरूको भनाइ मा १० कित्ता नीतिलाई हटाउन नहुने भनाइ रहेका छन् । यदि १० कित्ते नीतिले विकृति बढाएको छ नै भने यसलाई हटाउन सम्बन्धित सरोकारवालाहरू नियामक निकायहरूको हो भन्ने पनि भनाइ रहका छन् सरोकारवालाहरूको । त्यसोत नेपालमा नीति नियम परिवर्तन गर्ने भनेको सामान्य हो तर पनि नीति नियम परिवर्तन गर्दा बनाउँदा अधिकाशं लगानीकर्ताहरूको हिटलाई ध्यानमा राख्नुपर्दछ । त्यसोत नेपालमा नीति नियम बनाउँदा आफ्नो अनुकलतालाई हेरेर बनाउने गरेका छन् तर पनि कसैको दबाबमा नीति नियम बनाउन नहुनेमा कसैको दुई मत नहोला । १० कित्ते नीतिले आम लगानीकर्ताहरूलाई सेयरबजारको पहुचसम्म पु¥याएको, सेयरबजारको दायरा बढाएको, सेयरबजारलाई फराकिलो बनाएको, सेयरबजारप्रति आम लगानीकर्ताहरूको चासो बढाएको लाई नकार्न सकिँदनै । यो सेयरबजारको लागि सकारातमक हो, होइन र ?