काठमाडौं । बुधबार त्रिशुली नदीमा आएको बाढीबाट बगेका शवहरु धमाधम संकलन गर्न थालिएको छ । रसुवादेखि नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ, पूर्वी नगवलपरासीदेखि पश्चिमसम्म नवलपरासीसम्मको नदी किनारबाट सयौं शवहरु संकलन गरिएको सरकारी निकायले गराएको छ ।
बुधबार उद्दारमा मात्र जोड दिएको सरकारले विहीबारदेखि उद्दारको साथै राहत वितरण, राहत रकम संकलन र शव संकलनमा पनि सुरक्षाकर्मीहरु परिचालन गरेको हो । विहीबार रसुवामा जलविद्युत् आयोजनाको सुरुङ भित्र फसेकाहरुलाई उद्दार गर्ने काम सरकारले नेपाली सेना मार्फत गरेको छ ।
सरकारले राहत रकम जम्मा गर्न आग्रह गरेपछि व्यक्ति तथा संघ संस्थाहरुले धमाधम सरकारी राहत कोषमा रकम जम्मा गर्न थालेका छन् । भारतलयायतका देशबाट राहत सामग्री पनि आउन थालेको छ । चीनले पनि के–के सहयोग चाहिने लिस्ट नै दिन नेपाललाई भनेको छ ।