काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ३३ दशमलव २८ अंकले ओरालो लागेको नेप्से परिसुचक आज मंगलबार चार दशमलव ६४ अंकले ओरालो लागेर २६ सय ९६ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७० अंकले ओरालो लागेर चार सय ७० दशमलव ७९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको ५५ हजार पाँच सय ८० पटकको कारोबारमा एक करोड चार लाख २१ हजार आठ सय ६३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यस दिन कुल कारोबार रकम चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार पाँच सय ४२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।