काठमाडौं ,जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइपछि गोल्छालाई दुई फरक कसुरमा छुट्टाछुट्टै धरौटी तोक्दै रिहाइको आदेश दिएको हो।अदालतले बिमा सम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गोल्छालाई गत वैशाख १० गते पक्राउ गरेको थियो। उनीविरुद्ध बिमा तथा धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। अदालतको आदेशअनुसार तोकिएको धरौटी बुझाएपछि गोल्छा रिहा हुनेछन् भने उनीविरुद्धको मुद्दाको न्यायिक प्रक्रिया भने जारी रहनेछ।