काठमाडौं, भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरेका छन् ।
एक्स्पोको हल ‘बी’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ–मास ५ का साथै गतवर्ष नै सार्वजनिक भएका इ–मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए । प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न र यसका विशेषताहरूको बारेमा बुझ्न तथा मूल्य, स्वामित्व र बुकिङका विकल्पहरूबारे थाहा पाउन ग्राहकहरूको बाक्लो उपस्थिति थियो ।
आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएका कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इ–मास ५’ ले आफ्नो रियर–ह्विल–ड्राइभ प्लेटफर्म, सामान व्यवस्थापनका लागि स्मार्ट स्टोरेज सुविधा, १४.६ इन्चको फुल(एचडी डिस्प्ले युनिट, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल टु–लोड (भिटुएल) प्रविधि र जि–ट्र्याक्सन कन्ट्रोल सिस्टमका कारण अवलोकनकर्ताहरूको ध्यानाकर्षण गरेको हो । कम्प्याक्ट बनावट र उपयोगी विशेषताहरूसहित प्रोटोन इ–मास ५ नेपालका सहरी सडकहरूमा दैनिक प्रयोगका लागि उपयुक्त सवारी साधन हो । प्रोटोन इ–मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार रुपैयाँ र ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, ‘प्रोटोन इ–मास ७’ ले ग्राहकहरूलाई ठूलो (फुल–साइज) एसयूभीको उत्कृष्ट अनुभव प्रदान गर्दछ । फराकिलो स्पेस, उत्कृष्ट पर्फमेन्स र लामो दूरीको यात्रा गर्नेहरूका लागि पनि यो उत्कृष्ट विकल्प हो । यसको ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९ दशमलव ५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ, यसले लगभग ३४५ किमीको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ । यसमा एडास प्रविधि र १५.४ इन्चको डिस्प्ले समावेश छ । प्रोटोन इ–मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नेपालमा इलेक्ट्रिक गाडीहरूप्रति बढ्दो चासोलाई सम्बोधन गर्दै प्रोटोनका यी दुवै गाडीहरूले नेपाली ग्राहकको जीवनशैली सुहाउँदो विकल्प प्रदान गरेका छन् ।