नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने र वित्तीय क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित अघि बढाइएको मर्जर तथा प्राप्तिको प्रक्रियाले बैंकिङ क्षेत्रको संरचनामा ठूलो परिवर्तन ल्याएको देखिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार सार्वजनिक गरेको मर्जर तथा प्राप्तिसम्बन्धी प्रतिवेदन २०८३ अनुसार पछिल्लो डेढ दशकमा वाणिज्य बैंकदेखि विकास बैंक, वित्त कम्पनी र लघुवित्तसम्म ठूलो संख्यामा संस्था एक–आपसमा गाभिएका छन् । राष्ट्र बैंकका अनुसार मर्जर तथा प्राप्तिका क्रममा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू समेत गाभिएर एकीकृत कारोबार गरेका छन् । सोअनुसार वाणिज्य बैंकतर्फ प्रभु बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ«े बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंकलगायत संस्थाले विभिन्न समयमा अन्य बैंक तथा वित्तीय संस्थालाई मर्ज वा प्राप्ति गरेका छन् ।
राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न विकास बैंक तथा वित्तीय संस्थालाई गाभ्दै आफ्नो आकार विस्तार गर्दा एनएमबी बैंकले पनि विभिन्न संस्थासँग मर्जर तथा प्राप्तिको प्रक्रिया पूरा गरेको छ । यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जरपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संरचना बनेको छ । प्रतिवेदनअनुसार नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि बैंकिङ क्षेत्रमा अर्को महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकबीचको मर्जरपछि लक्ष्मी सनराइज बैंक बनेको छ । विकास बैंकतर्फ पनि धेरै वटा संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । विभिन्न क्षेत्रीय तथा विकास बैंकहरू एक–आपसमा गाभिँदै लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंकलगायत संस्था विस्तार भएका छन् ।
फाइनान्स कम्पनीहरूमा पनि मर्जर तथा प्राप्तिको प्रक्रिया उल्लेख्य रूपमा अघि बढेको छ । गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स लोटस फाइनान्सलगायतका संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई एकीकृत कारोबार सुरु गरेका छन् । राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संंस्थाहरू पनि ठूलो संख्यामा मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जीवन विकास लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, एनआईसी एसिया लघुवित्त, युनिक नेपाल लघुवित्त, किसान लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, सूर्यादय वोमी लघुवित्तलगायत संस्थाले विभिन्न मर्जर तथा प्राप्ति प्रक्रियाबाट आफ्नो संरचना परिवर्तन गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार नबिल बैंकमा हालसम्म नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स र युनाइटेड फाइनान्स मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई हालको नबिल बैंक बनेको छ । यसैगरी हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि एक दर्जन बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । सोअनुसार तत्कालीन विश्व विकास बैंक, फेवा फाइनान्स, गण्डकी विकास बैंक, मेगा बैंक, पश्चिमाञ्चल डेभलपेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, मातृभूमि विकास बैंक, कालिञ्चोक विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ ।
यसैगरी हालको हिमालयन बैंक तत्कालीन पशुपति डेभलपमेन्ट बैंक, उद्यम विकास बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, सिभिल बैक, इन्टरनेसल लिजिङ एण्ड फाइनान्स कम्पनी, युनिक फाइनान्स, हामा मर्चेन्ट एण्ड फाइनान्स र हिमालयन बैंक मर्जर तथा प्राप्ति भई बनेको हो । हालको कुमारी बैंक पनि तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, शिखर फाइनान्स, कुमारी बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स, एनडीईपी विकास बैंक, राइजिङ डेभलपमेन्ट बैंक, साझा विकास बैंक, युनियन फाइनान्स, वेष्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, स्वस्तिक मर्चेन्ट फाइनान्स, अन्नपूर्ण डेभपमेन्ट बैंक, सूर्यदर्शन फाइनान्स, रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक, अपी फाइनान्स, इन्टरनेसनल डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक–आपसमा मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई बनेको हो ।
प्रतिवेदनअनुसार हालको लक्ष्मी सनराइज बैंक पनि तत्कालीन नारायणी फाइनान्स, नेशनल फाइनान्स, सनराईज बैंक, एनआईडिसी क्यापिटल मार्केट, दियालो विकास बैंक, प्रोफेसनल डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक र हाइसेफ फाइनान्स मर्जर तथा प्राप्ति भई बनेको हो । हालको सिटिजन्स बैंक इन्टरनेशनल पनि सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी एण्ड डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स मिलेर बनेको हो । प्राइम कमर्सियल बैंक पनि तत्कालीन विराटलक्ष्मी विकास बैंक, खाँदबारी विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, कन्काई विकास बैंक, कैलास विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स मिलेर बनेको हो । सानिमा बैंकमा भने सानिमा बैंक र बाग्मती डेभपमेन्ट बैंक गाभिएका हुन् । यसैगरी माछापुच्छे« बैंकमा स्टान्डर्ड फाइनान्स गाभिएको हो । एनआईसी एसिया बैंकमा भने एनआईसी एसिया र बैंक अफ एसिया नेपाल गाभिएका हुन् ।
ग्लोबल आईएमई बैंकमा भने त्रिवेणी विकास बैंक, पब्लिक डेभलपमेन्ट बैक, ब्राइट डेभलपमेन्ट बैक, जनता बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक, नेपाल आवास फाइनान्स, ग्लोवल बैंक, आईएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, रिलायवल फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल कन्जुमर डेभलपमेन्ट बैंक, हाथ्वे फाइनान्स, लुम्बिनी विकास बैक, नवदुर्गा फाइनान्स र बैंक अफ काठमाडौं गाभिएका हुन् । यसैगरी एनएमबी बैंकमा प्रुडेन्सीयल फाइनान्स, गोर्खा फाइनान्स, पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, एनएमबी बैंक, सिटी डेभलपमेन्ट बैंक, ओम फाइनान्स, मनास्लु डेभलपमेन्ट बैंक र कञ्चन डेभलपेन्ट बैंक गाभिएका हुन् । प्रतिवेदनअनुसार प्रभु बैंकमा पनि प्रभु फाइनान्स, समृद्धि विकास बैंक, वैभव फाइनान्स, किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, ग्राण्ड बैंक, अरनिको डेभलपमेन्ट बैक, शौर्य डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, सगरमाथा मर्चेन्ट फाइनान्स, पाटन फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स गाभिएका हुन् । सिद्धार्थ बैंकमा पनि बिजनेस डेभलपमेन्ट बैंक, युनिभर्सल फाइनान्स र सिद्धार्थ बैंक गाभिएका हुन् । राष्ट्रिय वाणिज्य बैंकमा भने राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएका हुन् ।