काठमाडौं, यामाहा नेपालले दशैंलाई लक्षित गरी १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्ने योजना सार्वजानिक गरेको छ । कम्पनीले ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको हो । यसमार्फत ग्राहकलाई यामाहाका नयाँ प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको छ ।
यस अभियानअन्तर्गत ग्राहकले क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गरेर १ लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका पाउनेछन् । खरिद गरेको सवारीसाधनको भेरिफिकेसन गरेपछि भने ग्राहकले १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । साथै, रजिस्ट्रेसन गरेका ग्राहकले हरेक हप्ता विभिन्न हाइटेक ग्याजेट जित्ने मौका पनि पाउनेछन् । अभियानको ग्रान्ड प्राइजअन्तर्गत एकजना भाग्यशाली विजेताले ब्रान्ड न्यू यामाहा आर१५ घर लैजान पाउनेछन् ।
चाडपर्वको समयमा सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले स्पट एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो पुरानो सवारीसाधन तत्काल एक्सचेन्ज गर्न सक्नेछन् । साथै, एमएडब्लू हायर पर्चेजमार्फत इजी फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।
ग्राहकले यामाहाको ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजना पनि लिन सक्नेछन् । जसअन्तर्गत नागरिकताको कागजात मात्र बुझाएर सवारीसाधन घर लैजान सकिनेछ । यस अभियानमा यामाहाका स्पोट्र्स बाइक, कम्युटर मोटरसाइकल र स्कुटरसहित सम्पूर्ण मोडल रेन्ज समेटिएको छ । यसले ग्राहकलाई यो दशैंमा आफ्नो आवश्यकता र रोजाइअनुसार विभिन्न विकल्प छनोट गर्ने अवसर प्रदान गर्नेछ ।
यसका अतिरिक्त, यामाहाले यस अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा हालैको बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने घोषणा गरेको छ ।