काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लवमा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
पोखरास्थित होटल निवासमा आयोजित सम्मान तथा प्रोत्साहन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अभिकर्ताको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले अभिकर्ताको मनोबल अभिवृद्धि गर्दै व्यवसाय विस्तारमा थप प्रभावकारिता ल्याउन सम्मान तथा प्रोत्साहनका कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अभिकर्ताहरू कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार रहेको बताए । उनले कम्पनीको सेवा तथा बीमा व्यवसायलाई थप विस्तार गर्न अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि अभिकर्ताको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले देशभर करिब एक सय ५० शाखा तथा सेवा सञ्जालमार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास, प्रोत्साहन र सम्मानलाई प्राथमिकतामा राख्दै बीमा व्यवसाय विस्तार गर्ने जनाएको छ ।