मधेश प्रदेशका नौ प्रतिशत नागरिक मात्र बीमाको पहुँचमा
काठमाडौं । मधेश प्रदेशमा बीमाको पहुँच जम्मा नौ प्रतिशत मात्रै देखिएको छ । अर्थात् नौ प्रतिशत नागरिक बीमाको पहुँचमा छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा नौ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्य बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुले पनि उक्त प्रदेशमा निकै नै कम जनसमुदायमा मात्र बीमाको पहुँच पुगेको देखिएको हो ।
नेपाल बीमा प्राधिकरणबाट गत बुधबार मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवाहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरूको पूर्ण पालना गर्दै स्वच्छ व्यवसाय गर्न बीमकहरूलाई निर्देशन दिएका हुन् । बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपाललाई तालिम सञ्चालन गर्न लगाउने जानकारी दिँदै अध्यक्ष सिलवालले स्थानीय आवश्यकताअनुरूपको नयाँ बीमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग आग्रह गर्न, बैंक र बीमा फरक हुन् भन्नेबारेमा सबैलाई बुझाउन र त्रुटि नहुने गरी काम गर्न बीमाका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूलाई निर्देशन दिए । अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिँदै बीमाका सिद्धान्तविपरीत बीमा व्यवसाय नगर्न र दाबी भुक्तानीमा समस्या नआउने गरी प्रस्तावको पर्याप्त विश्लेषण गरेर बीमा गर्न समेत निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूले सुशासन कायम गर्दै गुनासो नआउने गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीके महर्जनले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गर्नुपर्ने, केन्द्रीय कार्यालयले निश्चित अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्राधिकरणबाट हालै जारी गरिएको सम्पत्ति बीमा निर्देशिकामा धेरै सुधार भए पनि केही विषयहरू अझै स्पष्ट पार्नुपर्ने, कोरोना बीमाको बाँकी दाबी भुक्तानी गर्न ढिलाइ गर्न नहुनेलगायतका धारणा राखेका थिए ।
कार्यक्रममा मधेश प्रदेशस्थित बीमकका प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू र सरोकारवालाहरूलगायतको सहभागिता थियो ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया