Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारप्राधिकरणद्वारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल

प्राधिकरणद्वारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल


काठमाडौं  । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको परिपालन अधिकृतहरूसँग परिपालनसम्बन्धी समग्र विषयमा छलफल एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमकहरूले बीमा व्यवसाय सञ्चालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेस गर्दा देखिएका कमी, कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन, नियम र प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनबमोजिम सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने र कारबाहीको अवस्था नआउने गरी काम गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमकका परिपालन अधिकृतहरूले जति राम्रो काम ग¥यो त्यति नै कम्पनीलाई सशक्त र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले कम्पनीका काम कारवाही, ऐन, नियम, निर्देशिका र निर्देशनको परिपालनको अवस्थालगायत समग्र विषय समेटेर परिपालन अधिकृतहरूले प्रतिवेदन तयार गरी प्राधिकरणमा बुझाउनुपर्ने बताए । साथै, उनले बीमकहरूले सम्पत्ति सुद्धीकरण हेर्न अलग्गै कार्यान्वयन अधिकारी राख्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा, उपनिर्देशक विरोध भट्टले बीमा दाबी फछ््र्यौट सम्बन्धमा र उपनिर्देशक नीलप्रसाद लामिछानेले सुशासन सम्बन्धमा प्रस्तुति गरेका थिए । कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया