Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्रीहरूलाई कार्यभार थप

मन्त्रीहरूलाई कार्यभार थप


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई मन्त्रालयको जिम्मेवारी लिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अन्य मन्त्रीलाई रिक्त मन्त्रालयको सँगै जिम्मेवारी थप गरेका छन् । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँँग राखेका छन् । पौडेललाई अर्थसँगै, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी थप भएको छ ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भएपछि गत जेठ २१ र २७ मा विस्तार गरेको मन्त्रिपरिषद्का नयाँ उपप्रधानमन्त्रीसहित २० मन्त्रीलाई सर्वोच्च अदालतको यही असार ८ गतेको अन्तरिम आदेशबाट अमान्य ठहर गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया