Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश जान भन्दै झण्डै तीन लाख युवाले लिए श्रम स्वीकृति

विदेश जान भन्दै झण्डै तीन लाख युवाले लिए श्रम स्वीकृति


काठमाण्डौँ,फागुन १९

सरकारले मुलुकमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेश जान बाध्य भएका छन् । प्रत्येक वर्ष नेपालको श्रम बजारमा करिब पाँच लाख युवाले प्रवेश गर्ने भए पनि सरकारले रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेश जान बाध्य रहेको सरोकारवालाहरू बताँउदै आएका छन् भने सोही क्रममा पछिल्लो सातमहिनाको अवधि अर्थात् साउनदेखि माघमसान्तसम्ममा साढे दुई लाखभन्दा बढी युवाहरूले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागका अनुसार मुलुकका विभिन्न स्थानमा रहेको श्रम कार्यालयबाट विदेश जान भन्दै चालू आर्थिक वर्ष (२०७६÷७७) को छ महिनाको अवधिमादुई लाख ५९ हजार एक सय ५२ जना युवाहरूले श्रम स्वीकृति लिएका छन् । दुई लाख ५९ हजार एक सय ५२ जना युवामध्ये तीन हजार आठ सय ५३ जना युवाले कोरिया जानको लागि श्रम स्वीकृति लिएका हुन् ।युरोप, अमेरिका, अफ्रिका, जापान, मलेसिया तथा खाडीलगायतका ९० भन्दा बढी मुलुकमा काम गर्न जान भन्दै युवाहरूले श्रम स्वीकृति लिएको विभागका अधिकारीको भनाइ छ ।छ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर महिनामा श्रम स्वीकृति लिएका छन् भने त्यसपछि क्रमशः माघ, पुस, भदौ, कात्तिक, असोज र साउन बढी महिनामा रहेका छन् भने सरकारलेकाठमाडौँका साथैविराटनगर, जनकपुर, पोखरा, बुटवल, विरेन्द्रनगर र घनगढीश्रम कार्यालयबाट युवाहरूलाई श्रम स्वीकृति दिँदै आएको छ । विभागका अनुसार चालू आवको मंसिर महिनमा मात्र विदेश जाने भन्दै ५६ हजार आठ सय १० जना युवाहरूले श्रम स्वीकृति लिएका छन् जसमा पुरुषको संख्या ५३ हजार दुई सय १५ जना र महिलाको संख्या तीन हजार पाँच सय ९५ जना रहेको छ ।

यस्तै सोही समयमा कोरिया जाने भन्दैचार सय ८७ जना युवाले श्रम स्वीकृति लिएका छन् जसमा पुरुषको संख्या चार सय ४३ जना र महिलाको संख्या ४४ जना रहेको छ ।यता माघ र पुस महिनामा क्रमशः ५२ हजार पाँच सय २१ र ५२ हजार एक सय २५ जना युवाले विदेश जानका लागि भन्दै श्रम स्वीकृति लिएका छन् । ५२ हजारमध्ये माघ महिनामा ४९ हजार एक सय २८ जना पुरुष र तीन हजार तीन सय ९३ जना महिला तथा पुस महिनामा ४८ हजार सात सय ५८ जना पुरुष र तीन हजार तीन सय ६७ जना महिला रहेका छन् । यस्तै कोरिया जानको लागि भन्दै माघ महिनामा दुई सय ९६ जना युवाहरूले श्रम स्वीकृति लिएका छन् जसमा तीन सय ७० जना पुरुष र २६ जना महिला रहेका छन् । पुसमा भने कोरिया जानको लागि सात सय ८१ जना युवाले श्रम स्वीकृति लिएका छन् जसमा सात सय ३१जना पुरुष र ५० जना महिला रहेका छन् ।भदौ र कात्तिक महिनामा क्रमशः ३८ हजार सात सय चार र १८ हजार नौ सय ९७जना युवाहरूले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । भदौमा ३५ हजार पाँच सय ७६ जना पुरुष र तीन हजार एक सय २८ जना महिला तथा कात्तिकमा १७ हजार आठ सय ३० जना पुरुष र एक हजार एक सय ६७ जना महिलाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै सोही समयमा कोरिया जानको लागि भदौमा एक हजार एक सय ४३ जना र कात्तिकमा दुई सय ६६ जना युवाहरूले श्रम स्वीकृति लिएका छन् । जसमध्ये पुरुष एक हजार ५७ जना र महिला ८६ जना तथा दुई सय २३ जना र महिला तीन जना रहेका छन् । यस्तै असोज महिनमा विदेश जाने भन्दै १८ हजार सात सय ७१ जना युवाले श्रम स्वीकृति लिएका छन् जसमा १७ हजार छ सय सातजना पुरुष र एक हजार एक सय ६४ जना महिला रहेका छन् भने कोरिया जानका लागि भन्दै सात सय ११ जना युवाहरूले श्रम स्वीकृति लिएका छन् जसमा छ सय ७७ जना पुरुष र ३४ जना महिला रहेका छन् ।साउन महिनामा भने १७ हजार तीन सय ७१ जना युवाले श्रम स्वीकृति लिएका छन् जसमा १५ हजार ६४ जना पुरुष र दुई हजार तीन सय सात जना महिला रहेका छन् । यता कोरिया जानको लागि भन्दै एक हजार एक सय ४३ जना युवाले श्रम स्वीकृति लिएका छन्, जसमा एक सय ६० जना र नौ जना महिला रहेका छन् । सरकारले अघिल्लो गत वर्षको पुस महिनादेखि श्रम स्वीकृति प्रदेशबाट दिन थालेसँगै श्रम स्वीकृति लिनको लागि काठमाडौँ आउने युवाहरूको संख्यामा कमी आएको विभागले जनाएको छ । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको कार्यकालमा प्रदेशस्तरीय कार्यालयबाट श्रम स्वीकृति दिन थालिएको थियो । यस्तै पछिल्लो समय कोरिया रोजगारी असहज बन्दा युवाहरू कोरिया जान सकेका छैनन् । कोरियाको लागि थोरै कोटा राखेसँगै भाषा परीक्षा पास गर्ने सबै युवाहरू कोरिया जान पाएका छैनन् भने अघिल्ला वर्षमा भाषा पास गर्ने युवाहरू जान पाउनु पर्ने माग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया