Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनबाट ल्याइएका मेडिकल सामग्री आजदेखि वितरण गरिने

चीनबाट ल्याइएका मेडिकल सामग्री आजदेखि वितरण गरिने


काठमाण्डौं,चैत १७

चीनबाट आइतबार बिहान आइपुगेको कोरोना भाइरसको उपचारमा प्रयोग हुने विभिन्न सामग्रीहरुको आज सोमबारबाट देशभरका विभिन्न अस्पतालमा वितरण गरिने छ । केन्द्र सरकारले प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ती सामग्री हस्तान्तरण गर्ने र त्यसपछि मात्र सम्बन्धित अस्पताललाई हस्तारण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सामग्री पुगेपछि तोकिएका अस्पतालमा बढीभन्दा बढी कोरोना आशंकित व्यक्तिहरुको कोरोना संक्रमणको परीक्षण हुनेछ । शनिबार चीनतर्फ गएको नेपाल वायुसेवाको वाइडबडी विमान बिहान मात्र आएको थियो । विमानले साढे १३ टन स्वास्थ्य सामग्री लिएर आएको थियो । निगमको विमानले पाँच हजार थान प्रोटेक्टिभ गगल्स, कोरोना परीक्षण गर्ने किट ७५ हजार थान, पाँच थान पोर्टेबेल पीसीआर मेसिन र त्यसका लागि आवश्यक २० हजार थान किट, सर्जिकल मास्क, पञ्जा, क्लोरिन, थर्मल गर्न पीआईआरलगायतका सामग्री छन् । ती सामग्रीहरु चीनको सिचुवान प्रदेश सरकार र विभिन्न व्यापारिक कम्पनीले सहयोग दिएका हुन् । केही सामग्रीहरु भने सरकार आफैंले खरिद गरेर ल्याएको हो । सरकारले आज सोमबार नै काठमाडौंबाहिर विभिन्न ठाउँमा कोरोना परीक्षण केन्द्र स्थापना गर्ने छ । चीनको ग्वान्झाउबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो । निगमका अनुसार वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए । एक लाख पीपीई, ५० हजार कोभिड–१९ परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको छ ।

मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ती मेडिकल सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् । चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गरेकी हुन् । चीन सरकार र विभिन्न संस्थामार्फत आएको सहयोग स्वास्थ्य सामग्री चिनियाँ दूतावासमार्फत सरकारलाई हस्तान्तरण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिचान, परीक्षण, औषधि, प्रयोगशाला सामग्री र पीपीईलगायत सामान छिटोछरितो रूपमा खरिद गरिएको जनाएको छ । मन्त्रालयले सामान खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक÷वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटकपटक बोलपत्र आह्वान गर्दा समेत कुनै पनि उत्पादक, वितरकबाट बोलपत्र पेश नभएकाले विभागले पुनः उत्पादक÷वितरकसँग सामूहिकरूपमा सार्वजनिक संवाद गरी छिटो छरितोरूपमा सामग्री ल्याउने गरी सम्झौता भई उक्त सामग्री नेपाल ल्याएको जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि मन्त्रालयले सामग्रीको मूल्य बढी भए पनि त्यसमा कुनै खराब नियत नभएको जनाएको छ । अन्तर्राष्ट्रिय रुपमै कोरोना उपचारमा आवश्यक सामग्रीको अभाव भएको कारण महंगो हुन गएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विज्ञप्ति जारी गरी सो विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकामा ध्यानाकर्षण भएको जनाउँदै विषम परिस्थितिमा प्रचलित कानुनको अधीनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाई आफूखुसी समाचार र प्रचार गरिएकामा दुःख व्यक्त गरिएको छ ।‘दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीको मनोवल हतोत्साहित हुने र समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्री मात्र प्रचार÷प्रसार गर्न अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘संसारभरि नै रोकथामका उपाय खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र संलग्न कर्मचारीको मनोबल उच्च बनाउन र आम जनतालाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन आग्रह गरिन्छ ।’

घर फर्किए ९१३ विदेशी पर्यटक निगमको वाइडबडी जहाज अष्ट्रेलिया उड्यो

सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाइ उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो । यीमध्ये लुक्ला र जोमसोमबाट जहाजमा र पोखराका धेरै पर्यटक जहाज तथा केहीलाई बसबाट काठमाडौँ ल्याइएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले लुक्लालगायत गन्तव्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य सुलभ गन्तव्यमा रहेका पर्यटकको सोही स्थानमा सहज वातावरणमा रहने व्यवस्था मिलाइएको जानकारी दिए । यसरी काठमाडौँमा जम्मा भएका ९ सय १३ विदेशी नागरिक घर फर्किएका छन् । ती नागरिकलाई सम्बन्धित मुलुकले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तव्यतर्फ लगेका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको जहाजले शुक्रबार एक उडानबाट ३०४ र शनिबार दुई उडानमार्फत ६०९ युरोपेली मुलुकका नागरिक लगेको विमानस्थलले जनाएको छ । लुक्लामा रोकिएका पर्यटकको शुक्रबार बुद्ध एयर, यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले उद्धार गरेका थिए भने शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार गरेको थियो । त्यस्तै तारा, समिट र श्री एयरलाइन्सले पर्यटक उद्धार गरेको विमानस्थलले जनाएको छ । फ्रान्स, जर्मनलगायत मुलुकका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्टे«लिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ । अप्रिल १ तारिख २०२० मा निगमको वाइडबडी अष्ट्रेलिया उड्ने जनाइएको छ ।

लकडाउनका कारण मुलुकको अन्तरराष्ट्रिय उडान ठप्प प्रायः रहेपनि शुक्रबार र शनिबार दिनभरजसो आन्तरिक उद्धारका उडानहरु भए । आज पनि पाँचदेखि सात उडानबाट विदेशी नागरिकलाई र तिनका सहयोगी नेपालीलाई काठमाडौँ ल्याइने बोर्डले जनाएको छ । लुक्लामा रहेका विदेशी पर्यटकका गाइड तथा भरियालाई काठमाडौँ ल्याउन लागिएको हो । अन्य पर्यटकको भने अहिले जुन स्थानमा रहेका छन् सोही स्थानमा सहज वातारणका साथ राख्न र सम्बन्धित मुलुकले लैजान चाहेको खण्डमा काठमाडौँसम्म ल्याउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । ‘रोकिएका पर्यटक आइसके अब देशका विभिन्न गन्तब्यमा रहेका पर्यटकलाई उनीहरुको मुलुकबाट लैजाने व्यवस्था नभएसम्मका लागि हालकै स्थानमा व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिने निर्णय गरिएको छ’, उनले भने ।बोर्डको विवरणमा शनिबार लुक्ला र पोखराबाट गरी ६०४ र जोमसोमबाट ५८ पर्यटक उद्धार गरी ल्याइएको थियो । त्यस्तैअन्तर्गत गन्तव्यबाट विभिन्न तवरले बोर्डले नेपालका विभिन्न पर्यटकीय गन्तब्य तथा प्रमुख पर्यटकीय सहरमा रहेका पर्यटकको वास्तविक विवरण उपलब्ध गराइदिन होटल, घरबास कार्यक्रम (होमस्टे)लगायतलाई बोर्डले जरुरी सूचना निकालेर आग्रह गरेको छ । नेपालमा कति सङ्ख्यामा विदेशी पर्यटक छन् भन्नेबारे विभिन्न माध्यमबाट सङ्ख्या व्यवस्थापनको काम भइरहेको बोर्डले जनाएको छ ।बोर्डले अहिले अत्यावश्यक सेवाका लागि सीमित कर्मचारीको व्यवस्था गरी सेवालाई नियमित गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । वसन्त ऋतुको यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा युरोपेली मुलुकका नागरिक नेपाल आएका थिए । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगिरहेका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया