Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनसेलले ति¥यो चार अर्ब ६० करोड

एनसेलले ति¥यो चार अर्ब ६० करोड


काठमाण्डौं,चैत १९
नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई मंगलबार चार अर्ब ६० करोड रुपैयाँ तिरेको छ । सेयर स्वामित्व खरिद बिक्रीबापतको पुँजीगत लाभकरअन्तर्गत एनसेलले उक्त रकम तिरेको हो ।

मंगलबार चार अर्ब ६० करोड तिरेसँगै एनसेलले अहिलेसम्म नौ अर्ब १० करोड रुपैयाँ तिरेको छ । पहिलो लटमा एनसेलले चार अर्ब ५० करोड रुपैयाँ तिरेको थियो । कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभकार तिर्नुपर्नेमा बाँकी १४ अर्ब ४० करोड रुपैयाँ रकम लकडाउनपछि तिर्न ठूला करदाता कार्यालयले भनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया