Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपूर्वी पहाडका चार जिल्लामा द्रुतगतिको इन्टरनेट विस्तार

पूर्वी पहाडका चार जिल्लामा द्रुतगतिको इन्टरनेट विस्तार


धनकुटा । सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा नेपाल टेलिकम धनकुटा शाखाले अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अफ्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो ।

हाल जमिनमुनि विछ्याइएको फाइबरमार्फत् जिल्लासम्म एक सय जिविपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अफ्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

कार्यालयका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत् इन्टरनेट सेवा विस्तार गरिएको छ । धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उनले बताए ।

अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको विर्तामोडबाट पुनःइटहरीसम्म एक सय जिबिपिएस इन्टरनेट जडान भइसकेको छ । यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।

हाल धनकुटामा दुई हजार छ सय २१ वटा राउटरमार्फत् आठ हजार घरधुरीले अफ्टिकल फाइबरमार्फत्को इन्टरनेट उपभोग गरिरहेका छन् । त्यस्तै सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया