Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘लहान एक्पो २०८०’मा एक करोड ५९ लाखभन्दा बढी कारोबार

‘लहान एक्पो २०८०’मा एक करोड ५९ लाखभन्दा बढी कारोबार


सिरहा । गत चैत्र ३० गतेदेखि वैशाख १० गतेसम्म उद्योग वाणिज्य संघ सिरहा लहानले आयोजना गरेको ‘लहान एक्पोः मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार भएको छ ।

आइतबार संघले पत्रकार सम्मेलन गरी १० दिनसम्म चलेको महोत्सवमा एक करोड ५९ लाख ३२ हजार तीन सय ५५ रुपैयाँ कारोबार भएकामा त्यसमध्ये एक करोड ४८ लाख ५२ हजार छ सय ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ । खर्च कटाएर १० लाख ७९ हजार छ सय ५६ रुपैयाँ नाफा भएको र आठ लाख ७२ हजार पाँच सय ६४ रुपैयाँ सरकारलाई राजश्व बुझाएको संघका अध्यक्ष विकास सारडाले जानकारी दिए ।

संघका अध्यक्ष विकास सारडाले महोत्सवबाट प्राप्त नाफा रकमको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने नीतिअनुसार सप्तरीका अग्निपीडितलाई एक लाख रकम बराबरको सामाग्री प्रदान गरिएको र बाँकी रकम अन्य सामाजिक क्षेत्रमा खर्च गरिने पनि जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x