Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसको इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै

टीभीएसको इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै


काठमाडौं । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युब सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही भदौ २६ गतेदेखि सुरु हुने नाडा अटो सोमा सो स्कुटर सार्वजनिक गर्न लागेको जनाएको छ । कम्पनीको यस विद्युतीय स्कुटरले नेपालीको दैनिक आवतजावतलाई अझै सहज बनाउँदै सहरी दैनिकीमा एउटा गेम चेन्जरको रूपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो स्कुटरले पर्यावरण र कुशल सहरी गतिशीलताप्रति कम्पनीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए । तीन किलोवाटको बलियो बीएलडीसी हब मोटरको प्रयोग गरिएको यस टीभीएस आइक्युबको पर्फमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । चार दशमलव ४० किलोवाटको अधिकतम पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आइक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पिड र एजिलिटी प्रदान गर्छ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

टीभीएस आइक्युबको तीन दशमलव शून्य चार केडब्ल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ । पाँच घण्टामा शतप्रतिशतसम्म चार्ज हुन सक्ने टीभीएस आइक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । चालकले आफ्नो आवश्यकताअनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्ने बताइएको छ । आइक्युबमा टीभीएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्टजस्ता स्मार्ट फिचरहरू पनि यस स्कुटरले प्रदान गरेको छ ।

यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टीभीएस आइक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको बताइएको छ । त्यस्तै, यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ । यो नयाँँ टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो सोभर टीभीएसको स्टलमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ । सहभागीले स्टलमा आएर यसका सुविधाहरू एक्सप्लोर गर्ने र टेस्ट ड्राइभ गर्ने अवसर समेत पाउनेछन् । टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक सहरी यात्रुहरूको लागि व्यावहारिक छनोट भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया