सामसङले नेपालमा फाइभजी प्रविधि सुरु गर्ने
काठमाडौं । सामसङले नेपालमा फाइभजी प्रविधि सुरु गर्ने तयारी गरेको छ । स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैँ अग्रणी रहँदै आएको छ । कम्पनीका अनुसार स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्र्याउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ ।
नेपालका दुई प्रमुख टेलिकम कम्पनीहरू नेपाल टेलिकम र एनसेलको नेपालभर विभिन्न ब्याण्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन् । अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान ब्याण्डहरू टु जीको लागि ब्याण्ड ८ (९०० मेगाहर्ज), थ्री जीको लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), फोरजीको लागि ब्याण्ड ३ (१८०० मेगाहर्ज) सबैसँग सामसङद्वारा समर्थित छन् । नेपाल टेलिकमले भोल्टी विस्तार गर्ने दौरानमा आफ्नो एलटिई÷फोरजी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याण्ड २० (८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो । सामसङद्वारा यसको परीक्षण गरिएपश्चात् आफ्ना उपकरणमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो । यस लगत्तै सन् २०२० देखि नेपालमा सामसङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो ।
यस्तै, देशमा फाइभजी प्रविधि भित्र्याउने सन्दर्भमा पनि यी दुवै टेलिकम सञ्चालकसँग पनि कम्पनीले निरन्तर काम गर्दै आइरहेको जनाएको छ । नेपालका टेलिकम कम्पनीले फाइभजी नेटवर्क सुरु गर्ने दिशामा कार्य गरिरहेका छन् । देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकले यो प्रविधिको व्यावसायिकरण गरेसँगै प्रयोगकर्ताहरूले आफ्नो फाइभजीको लागि तयार रहेको उपकरणहरूमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मजा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले केही समयअघि मात्र अत्यन्त सुलभ मूल्यको फाइभजी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ फाइभजी बजारमा उपलब्ध गराइएको बताएको छ । सामसङले फाइभजीको लागि तयार उपकरणहरू उपलब्ध गराउन तयार रहेको जानकारी पनि गराएको छ । साथै, यी उपकरणहरूमा रहेको फाइभजी सुचारु गर्न नेटवर्क सञ्चालकले फाइभजी सुरुवात गर्ने दिनको पर्खाइमा रहेको उल्लेख गरेको छ ।
यस्तै, सामसङले सन् २०२१ देखि नै फाइभजीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोन उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले स्मार्टफोन प्रविधिलाई उन्नत बनाउन पहुँचयोग्य दायरामा पाइने फाइभजी नेटवर्किङ क्षमताका साथ निर्माण गरिएका सामसङका फोन वा सामसङको कनेक्टेड इकोसिस्टमका साथ विश्वलाई नजिक ल्याउन काम गर्ने उल्लेख गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया