टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा
काठमाडौं । जगदम्बा मोटर्सले प्रिमियम इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब नाडा अटो सोमा लन्च गरेको छ । टीभीएस आईक्युबले क्लास–लिडिङ पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार टीभीएस आईक्युबमा कन्टेम्पोररी लुक र गुणस्तर निर्माण गर्ने कम्पनीको दाबी छ । ग्राहकहरूले पाँच आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइलअनुसार एउटा रङ छनोट गर्न सक्ने बताइएको छ । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएको बताइएको छ । सहज ५–वे जोइस्टिकको साथमा सात इन्चको टीएफटी क्लस्टरले इन्ट-याक्सन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसनलगायतका सुविधाहरू प्रदान गरेको बताइएको छ ।
शक्तिशाली चार दशमलव छ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आईक्युबले ७८ किमि प्रतिघण्टाको टप स्पीड दिनुका साथै मात्र चार दशमलव दुई सेकेन्डमा शून्य देखि ४० किमि प्रतिघण्टासम्म एक्सेलेरेसन दिने कम्पनीले जनाएको छ ।
टीभीएस आईक्युबमा कुल तीन दशमलव चार किलोवाट आवर क्षमताको एड्भान्स्ड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यसको इन्टिलिजेन्ट इन–हाउस बीएमएस (ब्याट्री व्यवस्थापन प्रणाली)ले सिंगल चार्जमा एक सय किलोमिटरको रेन्ज प्रदान गर्ने बताइएको छ । चार दशमलव पाँच घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्जिङ टाइम रहेको टीभीएस आईक्युब छ सय ५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउने गर्छ । साथै, यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुने पनि बताइएको छ ।
स्मार्टफोनलाई टीभीएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस र अन्य अवस्थाहरू जाँच गर्नुका साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ । प्रिमियम सुविधासहितको टीभीएस आईक्युब एस पहिलो एक हजार ग्राहकका लागि यसको मूल्य चार लाख २९ हजार नौ सय रुपैयाँको आकर्षक मूल्यमा पाइने छ । भृकुटीमण्डपमा जारी नाडा अटो सोमा यस टीभीएस आईक्युबको बारेमा विस्तृत जानकारीका लागि टीभीएसको स्टल नं. जे ११ मा गएर हेर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया