Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोडल र एप्लिकेसनको दायरा वृद्धि गर्दै ह्वावे क्लाउड

मोडल र एप्लिकेसनको दायरा वृद्धि गर्दै ह्वावे क्लाउड


काठमाडौं । ह्वावेले ह्वावे क्लाउड इकोसिस्टमको मोडल र एप्लिकेसनको दायरा वृद्धि गर्ने भएको छ । ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले सो जानकारी दिएका हुन् ।

उनले कार्यक्रममा ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआई क्लाउड सेवाको घोषणा समेत गरे । एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तीकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने उनको भनाइ छ । ‘ह्वावे क्लाउडले सबै प्रकारका आधारभूत मोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ’, उनले भने, ‘पंगु मोडलहरूमा नयाँ आविष्कार गरौँ र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनः आकार दिऔँ ।’ पाँच लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएको उनले जानकारी दिए । यस्तै १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पीओसी परीक्षणको लागि आवेदन दिएका छन् ।

उनका अनुसार एससेन्ड एआई क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउँछ । यसले बहुमुखी पूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउँछ । विशेषगरी यसमा मुख्यधाराका एआई इन्जिनहरू (जस्तैः माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइ तालिम र अनुमान ढाँचा) सामेल गरिएको छ । त्यसैले डेभलपरहरूले आफ्ना अत्याधुनिक स्टेट अफ द आर्ट मोडेलहरू वा अन्य मोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरूसहित स्थानान्तरण गर्न सक्छन् ।

ह्वावे क्लाउडले डेभलपरहरूमा ध्यान केन्द्रित गरी खुला ग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ । ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमा पहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनि उच्च दक्षताको यात्रामा लैजान्छ । फाउन्डेसनमा मोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यता प्राप्त गर्ने मौकाको बनाइएका छन् । एक सम्पन्न इकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्त प्रयास पनि आवश्यक छ । ह्वावे क्लाउडले एक सय ५० भन्दा बढी साझेदारहरू र दुई सयभन्दा बढी ग्राहकहरूसँग पंगु एलओे फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया