भिभो भी२९ई फाइभजी नेपालमा सार्वजनिक
काठमाडौं । टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी नेपालमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन मात्र ४२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले बिहीबारदेखि आइतबारसम्मको लागि भी२९ई फाइभजीको प्रि–बुकिङ खुला गरेको छ । यो फोनको प्रि–बुकिङमा ग्राहकहरूले नौ हजार नौ सय ९९ रुपैयाँ मूल्यबराबरको रिभरसङ इयरबड प्राप्त गर्न सक्नेछन् । साथै, कात्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । यस स्मार्टफोनमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै एक सय २० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन टेक्नोलोजिकल पावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनि हो । यो दुई उत्कृष्ट कलर भेरियन्ट रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ ।
स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ यसमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट कलर टेम्परेचर एडजस्टमलगायतका आकर्षक विशेषताहरू रहेका छन् । यो फोनको ५० एमपी अटोफोक ग्रुप सेल्फी सुविधाले ग्रुप फोटोलाई पनि अद्भूत बनाउँछ । यसको एडभान्स अटोफोकस र उच्च–रिजोल्युसन सेन्सरले प्रयोगकर्ताहरूलाई क्रिस्पनेस, स्पष्टता र जीवन्तताद्वारा परिभाषित ग्रुप स्न्यापसटहरू खिच्न अनुमति दिन्छ । यस्तै यसमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर रहेको छ, जसले निर्बाध र ल्याग–फ्रि सञ्चालन सुनिश्चित गर्दछ । यसमा विशाल ४८०० एमएएच ब्याट्री रहेको छ, जुन लामो समयसम्म चार्ज टिक्छ । साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । आठ जीवी ¥याम र ५६जीवी रोम तथा आठ जीवी -याम र आठ जीवी एक्सटेन्डेड ¥यामको साथ यो स्मार्टफोन आउने बताइएको छ ।
स्मार्टफोन टेक्नोलोजीको प्रतिदिन विकसित भइरहँदा, भिभोले नवीन विशेषताहरू प्रदान गर्दै उत्कृष्ट स्मार्टफोन प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर दिएको उल्लेख गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया