Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईसीटी अवार्डमा तीन विधामा उत्कृष्ट पाँच सार्वजनिक

आईसीटी अवार्डमा तीन विधामा उत्कृष्ट पाँच सार्वजनिक


काठमाडौं । प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आईसीटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षको लागि विभिन्न तीन विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरूको छनौटको आधारमा बुधबार उत्कृष्ट पाँचको घोषणा गरिएको हो । उत्कृष्ट पाँचमा पर्ने स्टार्टअपहरूमा भोजमाण्डु फुड प्रालि दियो एआई टेक्नोलोजी प्रालि जीजी कर्पोरेसन प्रालि रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आईसीटी अवार्डअन्तर्गत उत्कृष्ट पाँच प्रडक्टहरूमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्यूकआरपीए र यात्री पी–१ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधाअन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल इन्नोभेसनहरूमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रस्ट नेपाली रहेका छन् ।

आईसीटी अवार्ड २०२३ का यी तीन विधाहरूमा दुई सयभन्दा बढीको नोमिनेसन परेको थियो । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एन्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए । यसैगरी उनीहरूले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसनअन्तर्गत प्रिजेन्टेसन एन्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुति, आइडिया र स्टार्टअपको बारेमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ ।

विभिन्न तीन विधामा छनौट भएका उत्कृष्ट पाँच हरूले केहि समयपश्चात् सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन् भने स्र्टाअपलगायतका विधामा जुरी समितिले कार्यालय भिजिट पनि गर्नेछ । उत्कृष्ट पाँचमा पर्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरूले पनि पब्लिक च्वाइस आईसीटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन् । सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यसैगरी आईसीटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरूमा पनि छनौट प्रक्रिया जारी रहेको छ ।

आयोजकका अनुसार प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्डका विधाहरूमा दोस्रो चरणको छनौट प्रक्रिया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रक्रिया सञ्चालन भइरहेको छ । साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड विधामा नोमिनेसन अवधि समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्र्टाटअप अवार्डमा विभिन्न छ देशबाट ६० बढीको नोमिनेसन प्राप्त भएको बताइएको छ । यस विधामा सर्वोत्कृष्ट छनौटकोे लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरू रहेका छन् ।

क्रम लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो । यस वर्ष आठौँ संस्करणअन्तगर्तको आईसीटी अवार्डमा १३ विधामा पाँचव सय ५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको जनाइएको छ । छनौटको लागि १४ जना विज्ञ जुरी सदस्यहरू रहेका छन् भने १३ जनाको शिशिष्ट सल्लाहकार समिति रहको छ । अवार्डमा छनौट प्रक्रियाको लागि २५ बढी जुरी मिटिङ र प्रवद्र्धनको १० बढी प्रि–इभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ । यस अवार्ड कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, एफएनसीसीआई, न्यास आईटीलगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय सस्थाहरूको सहकार्य रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया