Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराजधानीमा पाँचौँ राष्ट्रिय मह मेला

राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला


काठमाण्डौं । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा ‘पाँचौँ राष्ट्रिय मह मेला’ आयोजना हुने भएको छ ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह विक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकले मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला पाँच दिनसम्म चल्ने जानकारी दिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना सो मेला सञ्चालन हुनेछ । नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाष चन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महको बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए ।

यस्तै, व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै पनि बजार नपाएको अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताए । परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पु¥याउने मह र यसको उपयोगितालाई सबैसामु चिनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ थियो । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भए पनि सरकारले सुविधा र सहुलियतबारेमा सरकारले पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र नै अल्मलिएको बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया