Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनमस्ते पेबाट यती एअरलाइन्सको टिकट काट्दा क्यासब्याक पाइने

नमस्ते पेबाट यती एअरलाइन्सको टिकट काट्दा क्यासब्याक पाइने


काठमाडौं ।  नमस्ते पेले यती एअरलाइन्सको टिकट काट्दा क्यासब्याक उपहार दिने भएको छ । कम्पनीका अनुसार फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकटमा विभिन्न अफरहरु ल्याइएको हो ।

नमस्ते पेबाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले ‘फ्लाई३००’ प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा तीन सय रुपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् । साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेटमार्फत सुपथ मूल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्छन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया