Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकामदारको तथ्यांक संकलन सुुरु

कामदारको तथ्यांक संकलन सुुरु


काठमाडौं । नेपाली उद्योग प्रतिष्ठानहरूलाई आवश्यक पर्ने दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ द्वारा आयोजित ‘इम्प्लोयर्स मिट’ कार्यक्रममार्फत तथ्यांक संकलन सुरु गरिएको हो ।

स्वदेशी श्रम बजारमा आवश्यक पर्ने दक्ष श्रमशक्तिलाई सीपमा आधारित तामिल सञ्चालन गर्ने उद्देश्यअनुसार जानकारी संकलन सुुरु गरिएको बताइएको छ । उक्त कार्यक्रममा उद्योग प्रतिष्ठानको व्यवस्थापन, प्रशासन र श्रमशक्ति परिचालनमा उच्च तहका कर्मचारीदेखि व्यवस्थापकहरूको समेत सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले उद्योग प्रतिष्ठानको आवश्यकता अनुसारको दक्ष जनशक्तिको उत्पादन एवं आपूर्ति गरी रोजगारी सिर्जनाको बाटो तयार गर्न कार्यक्रम प्रभावकारी रहेको जनाएको छ । महासंघले कार्यस्थलमा आधारित सीप विकास तालिमहरू सञ्चालनका लागि उद्योग प्रतिष्ठानको अवस्था पहिचान गर्न यस्तो कार्यक्रम आयोजना गरेको बताएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका सीप विकास परियोजनाका सह–निर्देशक एवं परियोजना संयोजक अजित कुमार गुप्ताले उपलब्ध रहेको सीपलाई अधिकतम प्रयोग गरी नेपाली उद्योग व्यवसायको विकास गर्न सकिने भन्दै नेपालमा कुल जनसंख्याको काम गर्नसक्ने जनसंख्या करीव ७१ प्रतिशत रहेको जानकारी दिए । पाँच लाख युवा जनशक्ति श्रम बजारमा भित्रिने र श्रम बजारमा प्रवेश गर्ने युवा जनशक्तिको ७० प्रतिशत संख्या वैदेशिक रोजगारीका लागि जाने उनको भनाइ थियो ।

कार्यक्रम संयोजक गुप्ताले नेपाली उद्योग प्रतिष्ठानमा तालिमप्राप्त जनशक्ति नहुँदा भारत र बंगलादेशबाट श्रम बजारको पूर्ति गर्नुपरिरहेको अवस्थामा यो कार्यक्रमअन्तर्गत उद्योग प्रतिष्ठानहरूलाई नेपाली श्रमिक तथा कामदारहरूको दक्षता अभिवृद्धिका लागि सहजीकरण गर्न र दक्ष जनशक्तिको आवश्यकताबारे तथ्यांकहरू अद्यावधिक भई सूचना प्रणाली व्यवस्थित हुने बताए । सो अवसरमा कार्यस्थलमा आधारित सीपसम्बन्धी विज्ञ खेमराज काफ्लेले रोजगारीका लागि कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालनका लागि आवश्यकता पहिचान गर्ने अभिप्रायले उद्योग प्रतिष्ठानहरूका प्रतिनिधिसँग प्रश्नावलीका माध्यमबाट विवरण संकलनमा सहजीकरण गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3


तपाईको प्रतिक्रिया