Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकको शाखा जनकपुरको मुरलीचोकमा

एभरेस्ट बैंकको शाखा जनकपुरको मुरलीचोकमा


काठमाडौं । एभरेस्ट बैंकले जनकपुरको मुरली चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जनकपुर उप–महानगरपालिकाको वडा नं. ४ मा पर्ने मुरली चोकमा शुक्रबार नयाँ शाखाको उद्घाटन गरिएको हो । योसँगै जनकपुरमा दुईसहित मधेश प्रदेशमा १४ शाखा पुगेको बैंकले जनाएको छ ।

शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले गरेका छन् । उद्घाटन समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूति न्यौपानेलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष झाले यो शाखाले सर्वसाधारणको वित्तीय पहुँचलाई अझ सहज बनाएको भन्दै बैंकलाई धन्यवाद दिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्दै पञ्जाब नेसनल बैंकसँगको साझेदारीले स्थानीय बासिन्दालाई रेमिट्यान्स र अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया