जीवन बीमा कम्पनीले एक वर्षमा उठाए एक खर्ब ४२ अर्ब
काठमाडौं । जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ४२ अर्ब ३० करोड सात लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७९/८०मा उक्त परिमाणमा बीमाशुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरूले आर्जन गरेको यो बीमाशुल्क आर्थिक वर्ष २०७८/७९को तुलनामा झण्डै तीन प्रतिशत अर्थात् तीन अर्ब ६६ करोड पाँच लाख ८९ हजार रुपैयाँले बढी हो । उक्त आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले एक खर्ब ३८ अर्ब ६४ करोड एक लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८०मा जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड छ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको यस्तो रकम ३५ अर्ब ३८ करोड तीन लाख ६४ हजार रुपैयाँ रहेको थियो । बढी बीमाशुल्क आर्जन गर्नेमा दोस्रो स्थानमा परेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७९/८०मा १७ अर्ब ४६ करोड एक लाख ४५ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको उक्त कम्पनीको यस्तो रकम १८ अर्ब २२ करोड तीन लाख ३० हजार रुपैयाँ रहेको थियो । यसैगरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि आर्थिक वर्ष २०७९/८०मा १६ अर्ब ४१ करोड छ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो रकम १४ अर्ब ३३ करोड नौ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० हिमालयन, सूर्यज्योति, राष्ट्रिय बीमा संस्थान र एसियनले भने क्रमशः १४ अर्ब ९४ करोड तीन लाख ६८ हजार, आठ अर्ब ८१ करोड दुई लाख ७२ हजार, आठ अर्ब ३० करोड नौ लाख ८७ हजार र सात अर्ब एक करोड चार लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा भने यी कम्पनीहरूले क्रमशः १५ अर्ब ६० करोड छ लाख ५९ हजार, आठ अर्ब ८० करोड चार लाख २९ हजार, आठ अर्ब ४७ करोड छ लाख ३७ हजार र छ अर्ब ८७ करोड छ लाख ३० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
यसैगरी सिटिजन, सानिमा रिलायन्स र मेट लाइफ इन्स्योरेन्स कम्पनीले भने आर्थिक वर्ष २०७९/८०मा क्रमशः पाँच अर्ब ८९ करोड चार लाख ५३ हजार, पाँच अर्ब ६३ करोड छ लाख नौ हजार र पाँच अर्ब २६ करोड दुई लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा भने यी कम्पनीहरूले क्रमशः पाँच अर्ब ४३ करोड ५२ हजार, पाँच अर्ब ४३ करोड आठ लाख ६२ हजार र पाँच अर्ब २३ करोड एक लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यसैगरी आर्ईएमई लाइफ, रिलायवल नेपाल, सन नेपाल र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भने आर्थिक वर्ष २०७/८०मा क्रमशः चार अर्ब १८ करोड छ लाख ३२ हजार, तीन अर्ब ७९ करोड चार लाख ९८ हजार, तीन अर्ब ७५ करोड ५३ हजार र तीन अर्ब ६५ करोड छ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्ला आर्थिक वर्षमा भने यी कम्पनीहरूले क्रमशः तीन अर्ब ५३ करोड नौ लाख ९३ हजार, तीन अर्ब ९४ करोड नौ लाख ४६ हजार, तीन अर्ब ३६ करोठ ९८ हजार र तीन अर्ब ९८ करोड ५८ हजार रुपैयाँ कुल बीमाबशुल्क आर्जन गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया